१ कार्तिक २०८३, शनिबार

विमल, अञ्जन र अनन्त नेपाली फुटबल टोलीबाट आउट ! यी हुन् टोलीका २३ जना

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bimal-Ananta-Anjan

काठमाडौं, ९ चैत । सोमबार घोषणा भएको मलेसियासँग खेल्ने २३ सदस्यीय नेपाली राष्ट्रिय फुटबल टोलीबाट चर्चित स्ट्राइकरहरु आउट भएका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा)को समन्वयमा नेपालका नवनियुक्त जापानी प्रशिक्षक ग्योटोकु कोजीले घोषणा गरेको टिममा चर्चित स्ट्राइकर विमल घर्तीमगर, अञ्जन विष्ट र अन्तत विष्ट परेका छैनन् ।

बंगलादेशमा सम्पन्न बंगबन्धु गोल्डकपको उपाधि जित्न महत्वपूर्ण भुमिका खेलेका यी तिनै स्ट्राइकरले भारतमा भर्खरै सम्पन्न दक्षिण एसियाली खेलकुद (साग) फुटबलको उपाधि जित्न पनि उत्कृष्ट प्रदर्शन गरेका थिए ।

हाल यि तिनै स्ट्राइकर युरोपको टुरमा छन् । टिमबाट पुराना कप्तान अनिल गुरुङलाई पनि हटाइएको छ ।

को–को परे ? 

nepali-teem-koji-Anfa.jpg

भरत खवास, विजय धिमाल, विकेश कुथु, विशाल राई, विशाल श्रेष्ठ, विश्वास श्रेष्ठ, देवेन्द्र तामाङ, दिनेश राजवंशी, हेमन गुरुङ, जगजित श्रेष्ठ, जितेन्द्र कार्की, कमल श्रेष्ठ, किरण लिम्बू, मानबहादुर तामाङ, नवयुग श्रेष्ठ, प्रकाश बुढाथोकी, रविन श्रेष्ठ, रञ्जन विष्ट, रञ्जित धिमाल, सुजल श्रेष्ठ, सुमन लामा र सुनिल बम । प्रशिक्षकका राजुकाजी शाक्य र गोलरक्षक प्रशिक्षकमा मृगेन्द्र मिश्र छन् ।