काठमाडौं, ९ चैत । नेपालमा दूधले धोएका कर्मचारी पाउन मुस्किल भए पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगजस्तो संवैधानिक अंगको प्रवक्ता जस्तो जिम्मेवार पदमा कम भ्रष्ट कर्मचारीलाई राखिएको भए कृष्णहरि ‘पुष्कर’ आयोगभित्रै आलेचनाको पात्र बन्ने थिएनन् ।
तर पुस्करजस्ता भ्रष्ट विगत भएका कर्मचारीलाई अख्तियारको प्रवक्ता बनाउँदा अख्तियारप्रति हेर्ने दृष्टिकोण नै नकारात्मक बनेको छ ।
पुष्कर मात्रै होइएनन्, प्रमुख आयुक्त लोकमानसिंह कार्कीकै सचिवालय पनि अर्थ मन्त्रालयका भ्रष्ट कर्मचारीले भरिनुले अख्तियार दुर्गन्धित हुन थालेको समाचार दृष्टि साप्ताहिकले छापेको छ ।
प्रमुख आयुक्तको सचिवालय जस्तो सम्वेदनशील ठाउँमा भ्रष्ट कर्मचारीको रजाईले हरेक सूचना बाहिर चुहिनेगरेको मा होइन, प्रमुख आयुक्तका व्यक्तिगत सूचना समेत अखबारमा छापिन थालेका छन् ।
त्यतिमात्रै होइन आयोगले छानबिन गरेका व्यक्तिका गोप्य सूचना समेट आयोगबाट चुहिनुलाई गम्भीर रुपमा लिनुपर्छ ।















प्रतिक्रिया