लुसाका, जाम्बिया । गैर आवासीय नेपाली संघ, जाम्बियाले अन्तर व्यबस्थापिका संघको अन्तर्राष्ट्रिय बैठकमा जाम्बियामा भ्रमणरत सभामुख ओनसरी घर्ती मगरसहितको नेपाली सांसदको टोलीलाई लुसाकामा स्वागत गरेको छ ।
कार्यक्रममा सभामुख घर्तीले जाम्बियामा गैर आवासीय नेपालीहरु रहेकोमा आफू हर्षित रहेको जनाउँदै यहाँबाट राष्ट्रको पुनःनिर्माणमा सहयोग पुगायाउन अनुरोध गरेकी थिइन । अफ्रिकामा कार्यरत नेपालीका समस्याहरु र पारस्परिक सम्बन्ध सुधार गर्न आफूले सक्दो प्रयास गर्ने उनले बताइन ।
संघका अन्तर्राष्ट्रिय समितिका कोषाध्यक्ष हिक्मत थापाका अनुसार उक्त अबसरमा एनआरएनए जाम्बियाका अध्यक्ष बिदुर खनालले नेपाल सरकारले जाम्बिया सरकारसंग पर्यटन, शिक्षा, जलबिद्युत, पर्यावरणका क्षेत्रमा सहकार्य गर्न सक्ने सम्भावना रहेको जनाए ।
नेपालले उच्च शिक्षा र साना तथा मझौला जलबिद्युत योजना र ज़म्बियाले पर्यटन, ट्राफिक ब्यबस्थापन र पर्यावरणका क्षेत्रमा सहयोग आदान प्रदान गर्न सक्ने सम्भावना रहेको उनले अबगत गराए ।
एनआरएनए अध्यक्ष खनालले नेपालबाट अफ्रिकामा हुने गरेको मानब तस्करी, बिशेष गरी पूर्वी अफ्रिकाका डान्स बारमा हुने गरेको नेपाली महिलाको तस्करी र यातना बारेमा समेत सभामुखलाई जानकारी गराएका थिए ।
बैध रुपमा अफ्रिका आउने कामदारलाई नेपालमा पर्ने श्रम स्वीकृति लगायतका अन्य समस्याबारेमा समेत ध्यानाकर्षण गराइएको थियो ।
सभामुखसहितको टोलीले नेपालीहरुले ब्यबस्थापन गरेका उद्योगहरुको अबलोकन भ्रमण गर्न अनुरोध गरेको र उहाले भ्रमण गर्ने जानकारी दिनु भएको अधक्ष्य खनालले बताए ।
स्वागत कार्यक्रममा भ्रमण टोलीका सभामुख घर्तीका साथै सांसदहरु ईश्वरी न्यौपाने, गोकुल घर्ती, योगेन्द्र चौधरी, शिवजी यादव, सीता नेपाली, र महासचिव मनोहरप्रसाद भट्टराई, भक्तबहादुर दर्लामी, भरत गौतमको उपस्थिति रहेको थियो ।















प्रतिक्रिया