७ कार्तिक २०८३, शनिबार

विद्यालयमा पढ्न चामलको बोरा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

School Student Nepalधनुषा, ९ चैत । ललित मुखियाको जीउमा एकसरो लुगा पनि छैन । गन्जीमात्र लाएर स्कुल आउँछन् ।

धनुषाको फूलगामास्थित राष्ट्रिय प्रावि कक्षा ३ मा उनको एक हातमा किताबकापी र अर्को हातमा चामलको च्यातिएको बोरा छ ।

पढाइ सकिएपछि उनी उसैगरी किताबकापी र बोरा च्यापेर फर्कन्छन् । कान्तिपुर दैनिकले समाचार छापेको छ ।

ललितमात्र हैन, फूलगामा–४ की अम्बिका राउत पनि किताब र बोरा च्यापेर विद्यालय आउँछिन् ।

स्कुलमा बस्ने डेस्कबेञ्च नभएपछि विद्यार्थीले भुइँमा ओछ्याउन बोरा च्यापेर ल्याउनुपरेको हो ।

एक र दुई कक्षामा गैरसरकारी संस्थाले कार्पेट ओछ्याइदिएको छ ।

तर चिसोले बारम्बार बिरामी परेकाले धेरै विद्यार्थी आउँदैनन् ।

‘विद्याथलयमा शिक्षकको तलबबाहेक केही आउँदैन,’ प्रधानाध्यापक प्रमेश्वर कर्णले भने, ‘कुन पैसाले डेक्सबेञ्च बनाउनु ?’

उनका अनुसार एकदेखि पाँच कक्षासम्म एक सय ९१ विद्यार्थी छन् । तीमध्ये सबैजसो बोरा बोकेर आउँछन् ।