१६ कार्तिक २०८३, सोमबार

नेविसंघले होली खेल्ने, ग्रामिण भेगका विद्यार्थीलाई प्रविधिको पहुँचमा जोड्न माग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepal-Student-Union-Nebisang-1

काठमाडौं, ८ चैत । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघले होली खेल्ने कार्यक्रमको आयोजना गरेको छ ।

सोमबार केन्द्रीय कार्यालय पुतलिसडकमा पत्रकार सम्मेलन गरी नेविसंघ केन्द्रीय समितिले विद्यार्थीहरुलाई प्रविधिको पहुँचमा जोड्न होली खेल्न लागेको जनाएको छ ।

होलि कार्यक्रमका संयोजक ऋषिकेश जंग शाहका अनुसार मंगलबार दिउँसो १ बजेदेखि शंकरदेव क्याम्पसमा होलि खेलिनेछ ।

‘अझै पनि ग्रामिण भेगमा इन्टरनेट राम्रो पहुँच छैन् । त्यहाँका विद्यार्थीले प्रविधिको प्रयोग गर्न पाएका छैनन् । त्यहाँ इन्टरनेटको पहुँच पुर्याउन सम्बन्धि निकायलाई दबाब दिने उद्देश्यले होली खेल्न लागेका हौें’ पत्रकार सम्मेलनमा संयोजक शाहले भने ।

‘नेपाल दुरसञ्चार प्राधिकरणमा जगेडा रहेको ११ अर्ब रुपैयाँ प्रयोग गरी देशका सबै क्षेत्रमा चरणबद्ध रुपमा इन्टरनेटको पहुँच पुर्याएर सुविधायुक्त सूचना–प्रविधि क्षेत्र निर्माणका लागि दबाबस्वरुप रंगिंन उमंगका साथ राष्ट्र निर्माणका लागि कम्मर कसौं’ भन्ने नाराका साथ होली खेल्ने कार्यक्रम आयोजना गर्न लागिएको नेविसंघ शंकरदेव क्याम्पसका नेता हरिश भण्डारीले जानकारी दिए ।

उनले भने– ‘यो मिलनको पर्वमा छुट्टै सन्देश दिन हामीले होली खेल्ने तयारी गरेका हौं । सबै विद्यार्थी साथीहरुलाई उपस्थितीका लागि आग्रह गर्दछौं ।’

उनका अनुसार होली कार्यक्रममा म्याग्से पुरस्कार विजेता महाविर पुन, विभिन्न संगठनका विद्यार्थी नेताहरु तथा गायक लगायत अन्य व्यक्तित्वहरु उपस्थित हुनेछन् ।