७ कार्तिक २०८३, शनिबार

देउवाले हाने आफ्नै खुट्टामा वञ्चरो ! अब के होला ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

deuba

काठमाडौं, ८ चैत । पाँच भाई एक बहिनीका कारण नेपाली कांग्रेस अप्ठेरो अवस्थामा फसेको छ ।

सभापति,महामन्त्री र कोषाध्यक्ष पदमा चुनाव हारेका दुई/दुईजना गरी ६ जनालाई केन्द्रीय समितिमा मनोनीत गरेपछि कांग्रेसमा असहज अवस्था सिर्जना भएको छ । चुनाव हारेका रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, अर्जुन नरसिंह केसी,गगन थापा,उमाकान्त चौधरी र चित्रलेखा यादवलाई केन्द्रीय समितिमा मनोनित गरिएको छ ।

यो प्रकरणले कांग्रैसभित्र ठूलो हल्लीखल्ली भएको छ । चुनाव नलडेका नरहरि आचार्य मात्र मनोनित भएका छन् । नरहरि उम्मेदवार थिए भने खुल्ला २५ मा अन्तिम नम्वरमा जितका डा.मिमेन्द्र रिजाल निर्वाचित नहुन सक्थे । किनभने कांग्रैसमा अत्यन्त लोकप्रिय र बौद्धिक मानिएका नरहरिले अवश्य पनि चुनाव जित्थे ।

दशौं लाख खर्च गरेर केन्द्रीय समितिमा चुनाव जित्ने र हार्नेहरु दुबैथरिले भन्न थालेका छन -अवको महाधिवेशनमा केन्द्रीय सदस्यमा नउठेर पदाधिकारीमा उठ्ने जिते पदाधिकारी भइने हारे केन्दीय सदस्य भइने ।

देउवाले गरेका बिभिन्न मनोनयनबाट देउवासँग धेरै केन्द्रीय सदस्यहरु चिढिएको बुझिएको छ । उनका यी कामलाई कांग्रैसीहरु देउवाले आफ्नै खुट्टामा बञ्चरो हाने भनेर टिप्पणी गरिरहेका छन् । साँघु साप्ताहिकमा समाचार छ ।