काठमाडौं, ८ चैत । कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउबा सर्वसम्मत रुपमा चयन हुने सम्भावना बढेको छ ।
खासगरीकन संस्थापन पक्षकै महामन्त्री डा. शशांक कोइरालाले रामचन्द्र पौडेललाई साथ निदएपछि यस्तो सम्भावना बढेको हो ।
महामन्त्री शशांक पौडेललाई काँध थाप्नेभन्दा पनि अहिले शेरबहादुर देउबालाई समर्थन गरेर संस्थापनको नेताका रुपमा आफैं अघि बढ्ने मनस्थितिमा रहेका छन् । उनले पौडेललाई अहिलेदेखि नै साइजमा राखेर आफू अगाडि बढ्न चाहेका छन् ।
रामचन्द्र पौडेलले पनि संसदीय दलको नेताको दाबी गर्दै आएका छन् । तर शशांकले साथ नदिनासाथ पौडेल नराम्ररी पराजित हुने अवस्था आउनेछ ।
उता पौडेल चाहिँ संसदीय दलको नेतामा उम्मेदवार बन्ने र त्यस्तो अवस्थामा शशांकले समर्थन गर्न बाध्य हुनुपर्ने, समर्थन नगरेर सुखै नपाउने पौडेलको भनाइ रहेको साँघु साप्ताहिकमा खबर छ ।
















प्रतिक्रिया