७ कार्तिक २०८३, शनिबार

यी हुन् ‘कामचोर’ खतरनाक ठूला कर्मचारी, के–के गर्दैछन् षड्यन्त्र ? (नामसहित)

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

टंकमणि शर्मा
टंकमणि शर्मा

काठमाडौं, ८ चैत । निजामती कर्मचारीको उमेरहद ६० वर्ष बनाउने चलखेल तीव्र गतिमा भइरहेको छ । सामान्य प्रशासनमन्त्री रेखा शर्मा ६० वर्ष बनाउनेबारेमा अध्यादेशमार्फत नभएर संसदमा व्यापक छलफल गराउने पक्षमा छिन् ।

तर उनीमाथि तत्काल अध्यादेशबाट निजामती सेवा ऐन संशोधन गरी हालको उमेरहद ५८ वर्षबाट ६० वर्ष बनाउन चर्को दबाब दिइएको तरुण साप्ताहिकले समाचार छापेको छ ।

मुख्यसचिव सोमलाल सुवेदीदेखि मन्त्री शर्माकै मन्त्रालयका सचिव टंकमणि शर्मा र प्रधानमन्त्री कार्यालयका कानुनका सचिव कमलशाली घिमिरे नै अध्यादेशमार्फत उमेरहद ६० वर्ष पुगाउने लागेपछि मन्त्री शर्मा एक्लिएकी छन् ।

आफू निकटकर्मचारीहरूसँग ‘मैले दबाब थेग्न नसक्ने भएँ, ६० वर्ष हुने नै भयो’ उनले भन्दै आएकी छिन् ।

प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणअगाडि नै अध्यादेशबाट निजामती सेवा ऐनमा संशोधन गराउन टंकमणिदेखि कमलशालीहरू दौडाधूपमा लागेका थिए । तर चीन भ्रमणअघि हुन सकेन ।

आगामी फागुन महिनाभित्र ५८ वर्ष उमेरका अवकाश हुन लागेका सात सचिव ऐन संशोधन गरी ६० वर्षे बनाउन सक्रिय भएका छन् ।

रेखा शर्मा
रेखा शर्मा

सामान्य सचिव शर्मा २०७४ चैत १० मा अवकाश हुने भएकाले दुई वर्ष जागिर अवधि थपेर ६० वर्ष बनाउन लागेका हुन् ।

पूर्णचन्द्र २०७४ असार २ मा सचिव नै नभइ अवकाश हुँदैछन् । मुख्यसचिव सोमलाल सुवेदीलाई पूर्णचन्द्रलाईस सचिव नबनाइ भएको छैन ।

अध्यागमन कार्यालय एयरपोर्टको प्रमुख हुँदा प्रतीक ढकालमाथि रातो पासपोर्ट प्रकरणमा अख्यिारले विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

मुद्दा जितेर आएका ढकालले अध्यादेश मन्त्रिपरिषदबाट पास गरी राष्ट्रपति कार्यालयमा आएर सदर गराउने ठेक्का नै लिएका छन् ।

उनले राष्ट्रपति विद्यादेवी भण्डारीको बदनाम गर्दै आएका छन् । ढकालले गृहमन्त्रालयमा प्रभाव पारेर काभ्रे जिल्लाको प्रमुख जिल्ला अधिकारी बन्न पनि खोजेका थिए । तर सकेनन् ।