७ कार्तिक २०८३, शनिबार

निजी विद्यालयलाई नयाँ निर्देशिका, कोठे स्कुललाई धक्का

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Children at school (7)काठमाडौं, ८ चैत । घर या कोठा भाडामा लिएर अब निजी विद्यालय सञ्चालन गर्न नपाइने भएको छ ।

शिक्षा मन्त्रालयले संस्थागत विद्यालय शुल्क निर्धारण मापदण्ड निर्देशिका, २०७२ जारी गर्दै निजी विद्यालयका लागि आफ्नै घरजग्गा हुनु अनिवार्य भएको जनाएको समाचार नागरिक दैनिकले छापेको छ ।

शिक्षा विभागका निर्देशक एवं प्रवक्ता वैकुण्ठ अर्यालले काठमाडौं उपत्यका तथा सहरी क्षेत्रमा गल्लीगल्लीमा, कोठाकोठामा असुसरक्षित तरिकाले निजी स्कुल चलाउँदा जोखिम देखिएकाले शिक्षा मन्त्रालयले निजी विद्यालय सञ्चालन गर्न ३२ वटा न्यूनतम मापदण्ड तोकेको बताए ।