७ कार्तिक २०८३, शनिबार

एनजिओले पैसा नपाएपछि यी नेताले हाकिमलाई …………

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Government-office Hakim Nepalसल्यान, ८ चैत । आफ्नो एनजिओलाई कार्यक्रम नपारिदिएको झोंकमा सल्यानमा एमालेका एकजना नेताले जिल्ला विकास समिति सल्यानका सूचना अधिकारीमाथि हातपात गरेका छन् ।

आइतबार दिउँसो जिल्ला विकास समिति सल्यानमा स्थानीय विकास अधिकारीकै कार्यकक्षमा उनलाई हातपात गरिएको समाचार अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।

एमाले सल्यानका पूर्व जिल्लाअध्यक्ष लोकबहादुर डाँगीले सूचना अधिकारी पूर्ण वलीमाथि लात्ती हानेका थिए ।

घाइते भएर जिल्ला अस्पताल सल्यानमा उपचार गराइरहेका सूचना अधिकारी वलीले छलफल भइरहेका बेला डाँगीले लात्तीले कोखामा हानेको बताए ।

डाँगी र उनकी पत्नी मिलेर सल्यानमा पोष्ट नेपाल भन्ने संस्था चलाएका छन् । सल्यानलाई खुल्ला दिसामुक्त गर्ने अभियानका क्रममा जिल्ला विकास समितिले जिल्लामा कार्यरत ४ वटा गैरसरकारी संस्थालाई छनोट गरेका थियो ।

त्यसमा आफ्नो संस्थालाई किन नपारेको भन्दै डाँगी जिविसमा पुगेका थिए ।