काठमाडौं, ७ चैत । नेपाल आदिवासी जनजाति महासंघका पूर्वमहासचिव आङकाजी शेर्पालाई काठमाडौं जिल्ला अदालतले सफाई दिएको छ ।
साइबर क्राइम अर्थात विधुतीय कारोबार ऐन अन्तर्गत नेपाल सरकारले लगाएको अभियोग दावी नपुगेको ठहरसहित काठमाडौ जिल्ला अदालतले आज शेर्पालाई सफाई दिएको हो ।
समाजिक सञ्जालमा सामाजिक सद्भाव भड्काउने सन्देशहरु राखेको भन्दै प्रहरीले जनजाति महासंघका पूर्व महासचिव आङकाजी शेपालाई गत भदौ १६ गते पक्राउ गरेको थियो ।
पक्राउपछि प्रहरीले अनुसन्धान गर्दै गर्दा अदालतले रिहा गरेको थियो । तर अन्तिम निर्णयमा अदालतले आज सफाइ दिएको हो ।












प्रतिक्रिया