काठमाडौं, ७ चैत । इटलीको भिसेञ्जास्थित सेन्टर फर एक्सिलेन्स फर स्ट्यावलिटी पुलिस युनिटमा संचालित एफपीयु कमाण्ड तथा स्टाफ कोर्षको समापन कार्यक्रममा सहभागि हुन कायम मुकायम सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राई र सशस्त्र प्रहरी नायव महानिरीक्षक शैलेन्द्र खनाल शनिबार राति त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।
महानिरीक्षक राईलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु कृष्णकुमार तामाङ, सिंहबहादुर श्रेष्ठ, प्रेमकुमार शाही र प्रकाश ओझा लगाएत सशस्त्र प्रहरी बलका उच्च अधिकृतहरुले विदाई गर्नुभयो ।
महानिरीक्षक राई उक्त तालिमका प्रशिक्षार्थीहरुको समन्वयात्मक छलफल कार्यक्रममा समेत सहभागि हुने कार्यक्रम रहेको छ ।













प्रतिक्रिया