१५ कार्तिक २०८३, आइतबार

यस्तो छ राजकुमार ह्यारीको बर्दिया घुमाई

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Prince_Harry

– सुदीप अधिकारी
बर्दिया, ७ चैत । शनिबार नेपाल आएका बेलायताका राजकुमार हेनरी चाल्स अल्वर्ट डेभिड ‘ह्यारी’ सोमबार पश्चिम नेपालको पर्यटकिय क्षेत्र बर्दिया राष्ट्रिय निकुञ्ज आउँदैछन् । बर्दिया राष्ट्रिय निकुञ्ज कार्यालय ठाकुरद्धाराका अनुसार ह्यारी सोमबार विहान करिव ९ बजे हेलिकोप्टरबाट यहाँ आइपुग्ने छन् ।

ह्यारी सवार हेलिकोप्टर सिधै निकुञ्जभित्र रहेको गैँडा मचान भन्ने स्थानमा अवतरण गर्नेछ । बर्दिया निकुञ्जका निमित्त संरक्षण प्रमुख रमेशकुमार थापाका अनुसार यहाँ ओलर्ने बित्तिकै राजकुमार ह्यारीले निकुञ्जभित्र रहेको खौराहा खोलामा र्याफटिङ्ग गर्ने छन् ।

त्यसलगत्तै राजकुमार ह्यारीले केहीबेर निकुञ्जमा जंगल वाक गर्ने कार्यक्रम रहको छ । त्यस पछि राजकुमार ह्यारी निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने डल्ला गाउँ हाम स्टे अवलोकनका लागि जानेछन् । त्यहा उनले थारु संस्कृतीको अवलोकन गर्ने छन् । राजकुमार ह्यारीको बर्दिया भ्रमण करिव ५ घण्टाको हुने बताइएको छ ।

राजकुमार ह्यारीको बर्दिया भ्रमणले यहाँको पर्यटन विकासमा ठूलो टेवा पुर्याउने पर्यटन व्यवसायीको भनाई छ । भ्रमणकै कारण बर्दिया निकुञ्जको गरिमा यतीखेर विश्वभर चर्चामा छ ।