काठमाडौं, ७ चैत । कर छलेको आरोप लागेका विश्वकै चर्चित फुटबलर नेयमार दोषी ठहरिएका छन् ।
स्पेनिस क्लब बार्सिलोनाका ब्राजिलियन फरवार्ड नेयमारलाई कर छली गरेको मुद्दामा ब्राजिलको एक अदालतले दोषी ठहर गर्दै कर ब्याज र जरिवाना गरी ५ अर्ब ५४ करोड फिर्ता गर्न आदेश दिएको छ ।
उनले सन् २०११ देखि २०१४ सम्म कर छलि गरेको अदालतले जनाएको छ । अदालतका अनुसार उनले आफ्ना बुबासँग मिलेर कर छलि गरेका हुन् ।
हाल नेयमार स्पेनिस क्लब बार्सिलानामा लियोनल मेस्सीसँगै खेलिरेका छन् ।















प्रतिक्रिया