७ कार्तिक २०८३, शनिबार

यस कारण केरा संसारबाट लोप हुँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Banana-Keraकाठमाडौं, ७ चैत । सबैभन्दा स्वादिष्ट र पोषिलो ‘ग्रस माइकल’जातको केरा संसारबाट ७० वर्षअघि नै लोप भइसकेको छ ।

‘पानामा डिजिज’ नामक ‘फंगस’ ढुसी को फैलदो संक्रमणले क्याभेन्डिस जातको केरा पनि विश्वबाटै हराउने खतरा रहेको एक अध्ययनले औल्याएको छ ।

ग्रस माइकललाई सखाप पार्ने पानामा डिजिजको ट्रपिकल रेस वानलाई यसअघि क्याभेन्डिसलाई छुन सकेको थिएन ।

जसकारण अहिलेसम्म यो जातको केरा व्यवसायिक रूपमा चल्तीमा छ । नागरिक दैनिकले समाचार छापेको छ ।

अहिलेसम्म विश्व बजारमा ९९ प्रतिशत भाग यसैले ओगटीरहेको छ । ट्रपिकल रेस वानकै परिवर्तित प्रजाति ट्रपिकल रेस फोर ले भने क्याभेन्डिसमाथि पनि धावा बोलिरहेको छ ।