१ कार्तिक २०८३, शनिबार

भारतसँग पाकिस्तान ६ विकेटले पराजित

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ चैत । आइसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत भारतले पाकिस्तानलाई ६ विकेटले पराजित गरेको छ ।

युवराज सिंह र विराट कोहलीको शतकीय साझेदारीको मद्दतमा अन्तिम समयमा भारतले जित हात पारेको हो ।

कोलकाताको इडेन गार्डेनमा टस हारेर व्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धारित १८ ओभरमा ५ विकेट गुमाएर ११८ रन बनाएको थियो ।

११९ रनको लक्ष्य पछ्याएको भारतले ४ विकेट गुमाएर २.१ ओभर बाँकी छँदै १५.९ ओभरमा भेट्टायो । भारतका लागि विजयी बनाउन विराट कोहलीको अभिजित ५५ रन तथा, युवराज सिंहले २४ रन बनाए । २३ बल खेलेका सिंहले १ छक्का र १ चौका प्रहार गरे ।

भारतका लागि कप्तान महेन्द्र सिंह धोनीले १३, रोहित शर्मा १०, शिखर धवन ६ तथा शुरेश रैना शून्यमा आउट भए । पाकिस्तानका मोहम्मद सामीले २, मोहम्मद आमिर र वाहव रियाजले १–१ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारिध १८ ओभरमा ५ विकेट गुमाउँदै ११८ रन बनायो । उसका लागि लागि सोहेब मल्लिकले सर्वाधिक २६ रन बनाए । १६ बल खेलेका उनले ३ चौका र एक छक्का प्रहार गरेका थिए । यस्तै उमर अकमलले २२ रन बनाए । अहमद सेहजादले २५, सार्जेल खानले १७, सहिद अफ्रिदीले ८ रन बनाए ।

भारतका लागि पाण्डे, शुरेश रैना र जस्प्रिट ब्रामराह, आशिष नेहरा, रविन्द्र जेडेजाले १–१ विकेट लिए । आजको जितसँगै भारत पाकिस्तानसँगै बराबरीमा पुगेको छ । अब दुबैले एक एक खेल जितेका छन् ।

यसअघि पाकिस्तानले बंगलादेशमाथि जित हात पारेको थियो ।