१ कार्तिक २०८३, शनिबार

पाकिस्तानले भारतलाई दियो ११९ रनको लक्ष्य

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

india-vs-pakistan

काठमाडौं, ६ चैत । विश्वकप टी–२० क्रिकेट अन्तर्गत अहिले जारी खेलमा पाकिस्तानले भारतसामु ११९ रनको लक्ष्यको प्रस्तुत गरेको छ ।

कोलकाताको ईडन गार्डन्स स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्ताले निर्धारित २० ओभरको खेलमा ५ विकेट गुमाएर ११९ रन बनाएको छ ।

पाकिस्तानका लागि सोहेब मल्लिकले सर्वा्धिक २६ रन बनाए । १६ बल खेलेका उनले ३ चौका र एक छक्का प्रहार गरेका थिए । यस्तै उमर अकमलले २२ रन बनाए । अहमद सेहजादले २५, सार्जेल खानले १७, सहिद अफ्रिदीले ८ रन बनाए ।

कमजोर सुरूआत गरेको पाकिस्तानले पावर प्लेमा २४ रन मात्र बनाएको थियो । भारतका लागि पाण्डे, शुरेश रैना र जस्प्रिट ब्रुमराह, आशिष नेहरा, रविन्द्र जेडेजाले १–१ विकेट लिए ।

अहिले भारत व्याटिङमा छ ।