१५ कार्तिक २०८३, आइतबार

७ नम्बर प्रदेशमा ट्रेड युनियन महासंघको कमिटी गठन, अध्यक्षमा योगी

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी, ६ चैत । अखिल नेपाल ट्रेड युनियन महासंघको प्रदेश न ७ मा प्रथम निर्वाचित कमिटी गठन भएको छ ।

शनिबार कैलालीको अत्तरीयास्थित रेडसन प्लाजामा सम्पन्न महासंघको प्रदेशस्तरीय प्रथम सम्मेलनले नरहरीनाथ योगीको अध्यक्षता ३५ सदस्यीय निर्वाचित कमिटी गठन गरेको हो । निर्वाचित कमिटीको उपाध्यक्षमा जगदिश सेटी, रमेश जेठारा र देवराज भट्ट रहेका छन् ।

प्रथम सम्मेलनले सचिवमा बमबहादुर कठायत, सहसचिवमा समित्रा सोभ, कोषाध्यक्षमा रमेश रावललाई निर्वाचित गरेको छ ।

३५ सदस्यीय कमिटीमा २८ जना सदस्य मात्रै निर्वाचित गरिएको छ । ७ जना सदस्यलाई पछि मनोनित गरिनेछ । नवनिर्वाचित कमिटीलाई टे«ड युनियन महासंघका केन्द्रीय महासचिव गणेश रेग्मीले बधाई तथा कार्यकाल सफलताको शुभकामना दिएका थिए ।


यसैबीच निर्वाचित कमिटीको शनिबारै बसेको बैठकले प्रदेश नम्बर ७ का सम्पूर्ण मजदुरहरुको हकहित संरक्षणका लागि सम्बन्धित निकायमा जानकारी गराउने र पुरा नभए चरणबद्ध आन्दोलन गर्ने निर्णय गरेको छ ।

यसअघि सम्पन्न प्रथम सम्मेलनको औपचारिक समारोहको अध्यक्षता गरेका सम्मेलन आयोजक समितिका संयोजक नरहरी नाथ योगीले मजदुरको अधिकारको लडाइँ पश्चिमबाट सुरु भएको बताए । ‘सबै काम केन्द्रबाटै सुरु हुन्छ भन्ने मान्यतालाई ताड्दै मजदुर आन्दोलनको नेतृत्व प्रदेश नम्बर ७ ले गर्छ,’ उनले भने ।

सञ्चार तथा छापाखाना संघका केन्द्रीय उपाध्यक्ष केपी कलौनीले सञ्चालन गरेको सम्मेलनको समारोहमा महासंघका केन्द्रीय सदस्य जगदिश सेटीले स्वागत मन्तव्य राख्दै मजदुरको हकहितका लागि लड्न मजदुर एकता आवश्यक भएको बताए ।
‘अब आफ्नो अधिकारका लागि छरिएर होइन एक भएर लड्नुपर्छ,’ उनले भने । राज्यबाट अकुत सम्पत्ति कमाउने, कर नर्तिने, मजदुरहरुको श्रम शोषण गर्ने काम ठूलाबडाबाट भइरहेको भन्दै यो क्रम समयमै नरोकिए प्रदेश नम्बर ७ ले चरणबद्ध आन्दोलन गर्ने उनले चेतावनी दिए ।

ट्रेड युनियन महासंघको प्रथम सम्मेलनमा प्रदेश नम्बर ७ का ९ वटै जिल्लाका ३०० जना प्रतिनिधिको सहभागिता थियो ।