
धनगढी, ६ चैत । ‘मलाला फन्ट फर गर्ल एजुकेशन’ मार्फत नेपालका ८ जिल्लामा ‘शिक्षाको माध्यमबाट किशोरीहरूको सशक्तिकरण’ परियोजना लागु भएको छ ।
राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक एवम् सांस्कृतिक संगठन (युनेस्को) ले स्थापना गरेको को ‘मलाला फन्ट फर गर्ल एजुकेशन’ मार्फत कैलाली, कञ्चनपुर, डोटी, डडेल्धुरा, बैतडी, धनुसा, सर्लाही र सिराहा परियोजना लागु भएको हो । सुदूरपश्चिमका कैलाली र कञ्चनपुरमा भने परियोजनाका केही गतिविधि सञ्चालन हुनेछन् ।
उक्त परियोजनाको रकम तीन लाख अमेरेकी डलर रहेको छ ।
किशोरीहरूको शिक्षाको पहुँचमा अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन हुन लागेको परियोजना सन् २०१७ सम्म सञ्चालन हुने युनेस्कोका शिक्षा विज्ञ तपराज पन्तले बताए ।
परियोजनामार्फत महिला शिक्षकलाई तालिम, विद्यालयमा किशोरी छात्राको पठनपाठनमा सहयोग तथा विद्यालय बाहिर रहेका किशोरीहरूका लागि सामुदायिक अध्ययन केन्द्रमार्फत सीपमुलक कार्यक्रम सञ्चालन गरिने पन्तले बताए ।
‘किशोरीको संख्या पनि बढी छ, विद्यानय बाहिर पनि किशोरी बढी छन् ।’ पन्तले भने –‘यो परियोजनाले विद्यालय बाहिर रहेकालाई विद्यालयमा ल्याउने र बढी उमेर भएकालाई सीपमुलक तालिम दिइनेछ ।’
विद्यालयमा रहेका महिला शिक्षकमार्फत ३० हजार किशोरीलाई विद्यालयमा टिकाउन सहयोग गर्ने लक्ष्य रहेको जानकारी दिँदै पन्तले तीन हजार किशोरीलाई सीपमुलक तालिम दिइने बताए ।












प्रतिक्रिया