१५ कार्तिक २०८३, आइतबार

सीके राउतका १७ जना नेता-कार्यकर्ता पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ck-Rawat-1

नेपालगन्ज, ६ चैत । मधेसलाई नेपालबाट अलग गरी स्वतन्त्र मधेस बनाउने अभियान चलाइरहेका सीके राउतका १ दर्जन भन्दा बढी नेता कार्यकर्तालाई बाँके प्रहरीले पक्राउ गरेको छ ।

नेपालगन्ज उप–महानगरपालिमा रहेको महेन्द्र पार्कमा गोप्य बैठक बसिरहेका बेला उनीहरुलाई शनिबार दिउँसो जिल्ला प्रहरी कार्यालय बाँकेको प्रहरी टोलीले पक्राउ गरेको हो ।

प्रहरी स्रोतका अनुसार सीकेका १७ जना नेता तथा कार्यकर्ता पक्राउ परेका छन् । पक्राउ परेका १७ जनालाई अहिले जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।