
काठमाडौं, ६ चैत । मधेसमा चुरे प्रदेशको माग राख्दै आन्दोलन गरिरहेको चुरे भावर राष्ट्रिय एकता पार्टीका पाँच जना नेता आज राप्रपा नेपालमा प्रवेश गर्दैछन् ।
चुरेका वरिष्ठ नेता चन्द्र खनाल, केन्द्रीय सदस्य ज्ञानकुमार कटुवाल लगायत पाँच जनालाई राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टीमा स्वागत गर्न लागेका हुन् ।
आफ्ना नेता लगेपछि चुरे भावर राष्ट्रिय एकता पार्टीका अध्यक्ष बद्री न्यौपानेले भारतीय दूतावासको निर्देशनमा कमल थापाले चुरेका नेता आफ्नो पार्टीमा लगेको आरोप लगाएका छन् ।
पार्टी प्रवेश कार्यक्रमको पूर्वसन्ध्यामा शनिबार एक विज्ञप्ति जारी गरी न्यौपानेले आफ्नो पार्टीको आन्दोलनले मधेस आन्दोलनलाई काउन्टर दिएको तर, कमल थापा सरकारमा बसेर भारतको इशारामा मधेस आन्दोलनलाई सहयोग गरिरहेको दाबी गरेका छन् ।
उनले भनेका छन्- मधेस आन्दोलनलाई काउन्टर दिएको हाम्रो पार्टी चुरे भावरलाई कमजोर बनाई मधेसलाई पुरै एक प्रदेश बनाउने भारतको योजना रहेको छ । त्यही योजनालाई टेकेर कमल थापाले भारतीय दूतावासको इशारामा हाम्रो पार्टीलाई कमजोर बनाउने खेल खेलेका छन् । हाम्रा नेतालाई ठूलो लालच देखाएर लगिएको छ । यसमा हाम्रो घोर आपत्ति छ ।












प्रतिक्रिया