१ कार्तिक २०८३, शनिबार

नेपालतिर उड्ने विमान आकाशमै विस्फोट, ६१ जनाको मृत्यु (फोटो र भिडियोसहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Dubai-Air-accident-2

मस्को, ६ चैत । फ्लाई दुबईको विमान रसियमा दुर्घटनाग्रस्त हुँदा त्यसमा रहेका सबै ६१ जनाकै ज्यान गएको समाचार छ । प्राप्त पछिल्लो समाचारअनुुसार सो विमानमा रहेका सबै ६१ जनाको नै ज्यान गएको पुष्टि उक्त एयरलाइन्सले नै गरेको छ ।

शनिबार बिहान दक्षिणी रसियाको रोस्तोभ ओन दन विमानस्थलमा सो विमान अवतरण गर्ने तयारीमा रहेको समयमा दुर्घटनाग्रस्त भएको बताइएको छ । उक्त विमान नेपालको रुटमा पनि उडान भर्दै आएको थियो ।

अवतरणको तयारीको विमान अकस्मात जलेको र त्यसपछि आगो लागेको अवस्थामा नै विस्फोट पनि भएको समाचारमा जनाइएको छ ।

उक्त विमानस्थल वरिपरिको मौसम खराब रहेको थियो । पहिलो प्रयासमा सम्भव नभएपछि विमानले दोस्रो पटक अवतरणको लागि प्रयास गरेको थियो । त्यस क्रममा नै विमान दुर्घटनाग्रस्त बनेको बताइएको छ ।

Dubai-Air-accident

उक्त एयरलाइन्सले आफ्नो फेसबुक पेजमा विमान अवतरणको बेलामा दुर्घटनामा परेको जानकारी दिएको छ । उक्त पेजमा फ्लाईदुबईको उडान नम्बर एफजेट९८१ दुर्घटनामा परेको जनाइएको छ ।

उक्त विमानमा रहेका सबैजना यात्रुको ज्यान गएको भन्दै उक्त हवाई सेवा कम्पनीले यस दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ ।

अवतरणका लागि जमिनमा आउने बेलामा नै बोइङ ७३७ आकासमै आगो लागेर पड्किएको र त्यसका कारण कुनैपनि यात्रुलाई विमानबाट उद्वार गरी बाहिर झिक्न नसकिएको उक्त एयरलाइन्सले जनाएको छ ।

रसियाको आकस्मिक व्यवस्थापनसम्बन्धी मन्त्रालयले जनाएअनुसार उक्त विमानमा ५५ जना यात्रु रहेका थिए । ५५ जना यात्रु र चालक दलका सदस्य ६ जना गरी सबै ६१ जनाको नै ज्यान गएको समाचारमा जनाइएको छ ।

Dubai-Air-accident-1

रसियाका टेलिभिजनहरुले उक्त विमानमा भएको दुर्घटनापछिको अवस्थाका साथै बिमान बलेको र यसका कारण कुनैपनि यात्रुलाई बाहिर निकाल्न नसकिएको दृश्य देखाएका छन् ।

उक्त विमानस्थल क्षेत्रमा ठूलो वर्षा भएको थियो । वर्षासँगै चलेको कडा हावाका कारण त्यहाँको मौसम खराब रहेको सूचना हवाई उड्डयन अधिकारीहरुले प्रकाशन गरेका थिए ।

जसका कारण उक्त विमान दुर्घटना हुन पुगेकोे बताइएको छ । खराब मौसमका कारण पहिलो प्रयासमा विमान अवतरण गराउन नसकेपछि दोस्रो पटक अर्काे प्रयास भएको थियो ।

तर त्यो प्रयास पनि असफल भएपछि विमान दुर्घटनाग्रस्त बन्न पुगेको हो । सो विमानमा अहिले पनि आगो लागिरहेको र उद्वारका कामहरु जारी रहेका समाचारमा जनाइएको छ ।

सो विमान दुबईबाट रसियाका लागि उडेको हो । विमान रसियाको दक्षिणी क्षेत्रमा रहेको रोस्तोभ ओन दोन विमानस्थलमा अवतरणका क्रममा दुर्घटनामा परेको हो । रासस/एएफपी

भिडियो हेर्न यहाँ क्लिक गर्नुस्ः