१५ कार्तिक २०८३, आइतबार

पाँच घन्टाको प्रयासपछि आगलागी नियन्त्रणमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

नेपालगन्ज, ६ चैत । आज बिहान ४ बजे नेपालगन्ज उपमहानगरपालिका–७ वसन्तपुरस्थित बालाजी कपास उद्योगमा लागेको आगो केही समयअघि नियन्त्रणमा ल्याइएको छ ।

प्रहरी, सेना र दमकलका कर्मचारीको पाँच घन्टाको अथक प्रयासबाट आगलागी नियन्त्रणमा आएको वडा प्रहरी प्रमुख प्रहरी निरीक्षक रामबहादुर चन्दले जानकारी गराउनुभयो ।

प्रहरीले गरेको प्रारम्भिक अनुमान अनुसार विद्युत् तार सर्ट भएका कारण आगो लागेको हुन सक्छ ।

उद्योगका सञ्चालक पङ्कजकुमार वैश्यले उद्योगमा रहेको यन्त्र, कच्चा पदार्थ र तयारी कपास गरी रु एक करोड २० लाखको क्षति भएको बताउनुभयो । आगलागीबाट कुनै मानवीय क्षति नभएको जनाइएको छ । रासस