१५ कार्तिक २०८३, आइतबार

टायर पसलमा आगलागी हुँदा १८ लाख क्षति

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Aagoमोरङ, ६ चैत । विराटनगरस्थित एक टायर पसल र टाँडीस्थित एक घरमा शुक्रबार राति आगलागी हुँदा रु १८ लाख बढीको क्षति भएको छ ।

विराटनगर–१४ स्थित एसलाल एन्ड सन्स पेट्रोल पम्प नजिकै रहेको मोहमद अब्बासको टायर पसलमा राति ९ः३० बजेतिर अचानक विद्युत् चुहिँदा आगलागी भई पाङ्ग्रा पसलसहित नजिकै रहेको अटो इलेक्ट्रिक पसल जलेको हो ।

आगलागीबाट अब्बासको पसलमा रहेको हावा भर्ने यन्त्र, पुराना पाङ्ग्रा तथा सोही पसलसँग जोडिएको रमेशकुमार देवको अटो इलेक्ट्रिक पसलका केही सामान जल्दा अन्दाजी रु ११ लाख ५० हजार बराबरको क्षति भएको पीडितले बताएका छन् । आगलागी प्रहरी, स्थानीय तथा वारुणयन्त्रको सहयोगमा राति नै नियन्त्रण गरिएको थियो ।

त्यसैगरी मोरङको टाँडी–८ पुलामी चोकस्थित आसकुमार राईको घरमा शुक्रबार साँझ खाना पकाउने क्रममा आगलागी हुँदा उनको एकतले कच्ची घर जलेको छ ।

आगलागीबाट राईको घरभित्र रहेको नगद रु एक लाख १० हजार तथा अन्य मालसामान जल्दा अन्दाजी रु सात लाख बराबरको क्षति भएको पीडितले बताएका छन् । आगलागी अस्थायी प्रहरी चौकी टाँडी र गाउँलेको सहयोगमा साँझ नियन्त्रणमा लिइएको थियो । रासस