७ कार्तिक २०८३, शनिबार

नेपाल वायु सेवा निगमको किन आयो सरकार समक्ष विरोध पत्र ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Plane Chin Nepalकाठमाडौं, ६ चैत । प्रधानमन्त्री केपी ओली राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमको सट्टा उडान नै सुरु नगरेको निजी कम्पनीको विमान चार्टर गरी आइतबार चीन भ्रमणमा जाने भएका छन् ।

नेपाल वायु सेवा निगमका उच्च अधिकारी र कर्मचारीहरुले प्रधानमन्त्रीको भ्रमणमा राष्ट्रिय ध्वजावाहकलाई बेवास्ता गरी निजी कम्पनीको विमानलाई चार्टर गरी लाने निर्णय गरिएकोमा शुक्रवार सरकारसमक्ष विरोध जनाएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नागरिक उड्डयन प्राधिकरणलाई पत्र पठाई ुभीभीआईपीु (ओली) को चीन भ्रमणका लागि निजी क्षेत्रको वायुसेवा ुहिमालय एयरलाइन्सु को विमान चार्टरमा लिने व्यवस्था गर्न निर्देशन दिएको समाचार कान्तिपुर दैनिकले छापेको छ ।

हिमालय एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानका लागि ५८ सिट क्षमताको एयरबस ए ३२० जहाज खरिद गरेको छ ।

यो जहाजले अहिलेसम्म एउटा पनि अन्तर्राष्ट्रिय उडान गरेको छैन । हिमालय एयरलाइन्सले आगामी चैत ३० देखिमात्रै व्यापारिक उडान सुरु गर्दैछ ।

व्यापारिक उडान सुरु नगर्दै हिमालय एयरलाइन्सले चैत ७ मा नै प्रधानमन्त्रीसहितको भ्रमण टोलीलाई लिएर बेइजिङ जाने निश्चित भएको छ ।

प्रधानमन्त्री कार्यालयले पर्यटन मन्त्रालयलाई पत्र लेखेर प्रधानमन्त्रीको चीन भ्रमण हिमालय एयरलाइन्सको विशेष विमानबाट हुने भएकाले भीभीआईपीको उडानका लागि हुनुपर्ने आवश्यक सवै व्यवस्था मिलाउन पर्यटन मन्त्रालय र नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएको छ ।

प्रधानमन्त्री कार्यालयको पत्रमा ओली चैत ७ गते विहान ११ बजे हिमालय एयरलाइन्सको विमानबाट बेइजिङ जाने र चैत्र १४ मा छेन्दुबाट काठमाडौं फर्कने कार्यक्रम रहेको उल्लेख छ । प्रधानमन्त्रीको भ्रमण टोली ५६ सदस्यीय छ।