१५ कार्तिक २०८३, आइतबार

ट्रेड युनियन महासंघ ७ नम्बर प्रदेशको प्रथम सम्मेलनको तयारी पुरा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Trade-Union

धनगढी, ५ चैत । अखिल नेपाल ट्रेड युनियन महासंघ प्रदेश न ७ को ऐतिहासिक प्रथम सम्मेलनको तयारी पुरा भएको छ ।

शनिबार (भोली)देखि कैलालीको अतरियामा आयोजना हुने सम्मेलनमा ७ नम्बर प्रदेशका ९ वटा जिल्लाका करिब ५ हजार मजदुरले भाग लिने छन् । सम्मेलनको बिहान १० बजे उदघाटन हुनेछ ।

मजदुरहरुमाथि भइरहेका सबै खाले शोषण अन्त्य गर्नका लागि यो सम्मेलन कोसेढुङ्गा साबित हुने र सम्मेलन बाट ७ न प्रदेशका सम्पूर्ण मजदुरलाई एकताबद्ध गरि चरणबद्ध आन्दोलनका माध्यमबाट उनीहरुका जायज र न्यायिक मागलाई पुरा गरिने ट्रेड युनियन महासंघका केन्द्रिय सदस्य तथा ७ प्रदेशका आर्थिक बिभाग संयोजक जगदिश सेटीले बताउनुभयो ।

यसैबीच सम्मेलन तयारीको समिक्षा गर्न शुक्रबार ट्रेड युनियन महासंघ प्रदेश न ७ का संयोजक नरहरी नाथको अध्यक्षता अन्तिम बैठक बसेको छ ।

महासघका केन्द्रिय महासचिब गणेश रेग्मी, केन्द्रिय सदस्य जगदीश सेटी, बम बहादुर कठायत, बाजी कामी, सोम ढुङगेल लगायतले समिक्षा गरेको बैठकले सम्पूर्ण तयारी पुरा भएको र सम्मेलनलाई ऐतिहासिक बनाउने निर्णय गरेको छ ।