१ कार्तिक २०८३, शनिबार

टी-ट्वान्टी विश्वकपः न्युजिल्याण्डले अष्ट्रेलियालाई हरायो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Australia-v-New-Zealand

काठमाडौं, ५ चैत । भारतमा जारी टी–ट्वान्टी विश्वकप क्रिकेटमा न्युजिल्याण्डले अष्ट्रेलियामाथि जित हात पारेको छ ।

लगातार दोस्रो जित हात पार्दै धर्मशालामा भएको खेलमा न्युजिल्याण्डले अष्ट्रेलियालाई ८ रनले पराजित गरेको हो । यसअघि न्युजिल्याण्डले पहिलो खेलमा भारतलाई ४९ रनले हराएको थियो ।

टस जितेर पहिले व्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै १ सय ४२ रन बनायो । उसका लागि मार्टिन गुप्टीलले ३९, केन विलियम्सनले २४ र एलियटले २७ रन बनाए ।

१ सय ४३ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले २० ओभरमा ९ विकेट गुमाउदै १ सय ३४ रन मात्र बनाउन सक्यो ।

अष्ट्रेलियाका लागि खवाजाले ३४ रन बनाएपनि हार टार्न सकेनन् । न्युजिल्याण्डका म्याग्लानेगनले ३, कुररे एण्डरसन र सरेण्डरले सामान २÷२ विकेट लिए । जितसंगै न्युजिल्याण्ड समुह ए को शीर्ष स्थानमा छ ।