१५ कार्तिक २०८३, आइतबार

महिला आफ्नै कोठामा मृत फेला

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Gulmi-Map

– शिवलाल सुवेदी
गुल्मी, ५ चैत । सदरमुकाम तम्घासको बसपार्कमा एक महिला मृत अवस्थामा फेला परेकी छन् ।

जिल्लाको मुसिकोट ७ घर भै रेसुङ्गा नगरपालिका १० बसपार्कमा बस्दै आएका प्रकाश नेपालीकी श्रीमती बर्ष २४ की लक्ष्मी नेपाली शुक्रवार साँझ आफ्नै कोठामा मृत भेटिएकी हुन् ।

अत्याधिक मदिरा सेवन गरेका कारण मृत्यु भएको हुन सक्ने जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी निरिक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिनुभयो ।

महिलाले अत्यधिक मदिरा सेवन गरेको भएपनि घटनाका बारेमा प्रहरीले थप अनुसन्धान शुरु गरेको प्रहरी निरिक्षक मिश्रले बताउनुभयो ।

शव पोष्टमार्टमका लागी जिल्ला अस्पताल तम्घास राखीएको प्रहरीले जनाएको छ । लक्ष्मीका ३ वटा बच्चा रहेका छन् । उनीहरु सदरमुकाम तम्घासमा ज्याला मजदुरी गर्दै आएका थिए ।