अमेरिका शक्तिशाली र सम्पन्न देश भनेर विश्वले चिन्छ । सबैले उसलाई सम्पन्न छ भनेरै स्विकार्दै आएका पनि छन् । तर पनि पछिल्ला दिनमा प्रविधिको विकासले चीनले अमेरिकालाई उछिन्ने हो की भन्ने पनि आभास हुन थालेको छ । विज्ञान र खोजको क्षेत्रमा चीनले दिन/प्रतिदिन चमत्कारिक गतिविधी देखाई रहेको छ । समुन्द्रमाथी विश्वकै लामो पुल निर्माण गर्नेदेखि अनेकन चमत्कारिक खोज र कामहरु गरेर एकातिर विश्वलाई चकित पारेको छ भने अर्कोतर्फ विश्व बजारमा आफ्ना उत्पादनलाई विस्तार र बजारीकरण गरेर अन्तर्राष्ट्रिय बजारमा आफ्नो दबदबा राख्नसमेत सफल भएको छ । अर्थतन्त्रको प्रचुर विकास गरेको छ । यति हुँदाहुँदै पनि धेरै वर्षदेखि विश्वलाई प्रभावमा राख्न सफल अमेरिका पनि आफ्नो पहिचान विश्व समुदाय सामु राख्न र अमेरिकाप्रतिको मोह अन्तर्राष्ट्रिय तवरबाट कायम राखि राख्न प्रयासरत त्यतिकै छ ।
अमेरिका प्रजातान्त्रिक मुलुक, सबैखाले विभेदमुक्त देश, अवसरको भूमि र प्रविधीमा सम्पन्न मुलुक पनि हो । यसले गर्ने हरेक निर्णयले विश्वव्यापीरुपमै प्रभाव पार्न सक्छ । यसैले त कतिपय अवस्थामा अमेरिकाको प्रगतिमाथी डाहा गर्ने र उसको विकासको संरचनालाई क्षति पु-याउने काम पनि भएको पाइन्छ । हरेक युद्धमा अमेरिकाको संलग्नताले विशेष महत्व राख्दछ । यस्तै घटनाक्रम सन् २००१ सेप्टेम्वर ११ मा भएको आतंककारी आक्रमणलाई लिन सकिन्छ । जसमा ठूलो धनजनको क्षति भएको थियो । वल्र्ड ट्रेड सेन्टर रहेको न्युयोर्कस्थित अग्लो ट्वीन टावर ध्वस्तै भयो । त्यस्तै वासिङ्टनको पेन्टागन पनि क्षतिग्रस्त भयो र यस किसिमको त्रासिदीपूर्ण घटनामा करिब ३ हजार ब्यक्तिले ज्यान गुमाए ।
काठमाडौं उपत्यकालाई एकै नजरमा अवलोकन गर्न सकिने सुन्धारामा अवस्थित धरहरा ढलेको छ जसले गर्दा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने एउटा ईतिहास बोकेको स्तम्भको अभाव खड्केको छ । यसलाई समेत छिट्टै बनाउनु छ । अझै भोकभोकै खानाको अभाव, बर्षा र चिसोमा आकाश ओडेर ननिदाई रात काट्नेको घरको छाना हाल्नुपर्ने समस्या, सिटामोल र सामान्य औषधीमुलो नपाएर ज्यान गुमाउनेलाई स्वास्थ्य केन्द्र खोलेर सुविधा पु-याउनु पर्ने जस्ता यी विविध समस्या समाधान पहिलो प्राथमिकतामा आउने गर्दछन् ।
न्युयोर्क शहरको आकर्षक रहेको व्यापारिक केन्द्रको रुपमा प्रख्यात ट्वीन टावरको पुनर्निर्माण कार्यको थालनी भने सन् २००६ को अप्रिलमा मात्रै हुन गयो । सन् २०१३ को जुलाईमा निर्माण कार्य सम्पन्न गरेर सनु २०१४ कोनोभेम्बरमा मात्र यो टावरको उद्घाटन गरियो । यसरी हेर्दा त्यो ट्वीन टावर ध्वस्त भएको करिब १२ बर्षपछि मात्रै पुनर्निर्माणले पूर्णता पाउन सकेको थियो । हुन त निर्माण कार्य सम्पन्न हुन मात्रै करिब ७ बर्ष लाग्यो र लागत करिब ३ दशमलव ९ विलियन अमेरिकी डलर लागेको थियो । यती ठूलो लागतमा धेरै समय लगाएर पुरानै स्वरुपमा निर्माण सम्पन्न गर्नुपर्ने कारण पनि लामो समयपछि मात्रै ती भवनको रिक्तता पुरा भएको छ । फेरि पहिले कै शोभायमान स्वरुपमा न्युयोर्कको मुटुमा यो अवस्थित छ र यो पहिले कै स्थानमा रहेको छ ।
यतिवेला हाम्रो देश नेपालमा समेत हाम्रा आस्थाका धरोहरहरु विनाशकारी भूकम्पबाट ढलेका छन् । बस्तीहरु उजाड बनेका छन् । अझै घाईतेहरुले उचित उपचार र सहयोग पाउन सकिरहेका छैनन् । जनताका अत्यावश्यक समस्याहरुलाई सम्बोधन गरी ती भूकम्पले क्षतविक्षत उजाड बस्तीको पुनर्निर्माणको काम अझै शुरुआत हुन सकेको छैन । काठमाडौंमा रहेका सांस्कृतिक महत्वका सम्पदाहरु ढलेका छन् । तिनीहरुको निर्माण गरि संरक्षण गर्नु जरुरी छ । काठमाडौं उपत्यकालाई एकै नजरमा अवलोकन गर्न सकिने सुन्धारामा अवस्थित धरहरा ढलेको छ जसले गर्दा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने एउटा ईतिहास बोकेको स्तम्भको अभाव खड्केको छ । यसलाई समेत छिट्टै बनाउनु छ । अझै भोकभोकै खानाको अभाव, बर्षा र चिसोमा आकाश ओडेर ननिदाई रात काट्नेको घरको छाना हाल्नुपर्ने समस्या, सिटामोल र सामान्य औषधीमुलो नपाएर ज्यान गुमाउनेलाई स्वास्थ्य केन्द्र खोलेर सुविधा पु¥याउनु पर्ने जस्ता यी विविध समस्या समाधान पहिलो प्राथमिकतामा आउने गर्दछन् ।
यी तमाम समस्या छन् तर सरकारले अहिलेसम्म ठोस कदम चाल्न सकिरहेको छैन । ढिलै गरेर भए पनि सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण गठन गरेको छ । तर त्यसले पनि छिटोछरितो रुपमा काम अगाडि बढाउन सकिरहेको छैन । तत्कालै सम्बन्धित पीडित समक्ष अत्यावश्यक राहत पु¥याउनेदेखि प्राधिकरणले पुनर्निर्माणको कामलाई युद्धस्तरमा अगाडि बढाउन आवश्यक छ । वास्तवमा नेपालमा राजनीतिक खिचातानी मै अधिकांश समय खर्चिने पद्दतीले समेत यस्ता महत्वपूर्ण काममा ध्यान पुग्न सकिरहेको छैन ।
अतः अमेरिका जस्तो सम्पन्न मुलुकमा समेत विशेष लागत र प्रविधी लाग्ने निर्माण काम पुरा हुन केही लामै समय लाग्ने रहेछ भने नेपाल जस्तो देशमा अवश्य सबै सांस्कृतिक धरोहर बन्न समय लाग्छ नै । तापनि तत्काल भूकम्प पीडीत बस्तीमा अत्यावश्यक वस्तु र सेवा पु-याउन र घर, विद्यालय, स्वास्थ्य चौकी निर्माणलगायतका कामको यथाशीघ्र थालनी हुनुपर्दछ ।
अहिले महानगरपालिका, देशको राजधानी काठमाडौंमा यातायातलाई व्यवस्थित पार्ने कुरा उठिरहेका सन्दर्भमा भर्खरै महानगर यातायात प्रालीले शुरु गरेको हाईटेक आधुनिक बस सेवालाई केही अपराधिक गतिविधीमा लाग्ने व्यक्तिले ढुंगा हानेर झ्यालका सिसा फुटाएका समाचार पनि आइरहेका छन् । यस्ता गतिविधी अघि बढ्नु र ध्वंस गर्नमै आनन्द मान्ने जमातलाई निरुत्साहित पार्नसमेत सरकार र समाजको ध्यान जानु जरुरी छ । केही हदसम्म राजनीतिक दलहरुले हरेक गतिविधिमा आफ्नो असहमति देखाउन र आफूले भनेको सरकारलाई मान्न बाध्य पार्न चालेका हिजोका विरोधका स्वरुपहरुले पनि यस्ता गतिविधी बढ्नमा कारक बनेको मान्न सकिन्छ ।
अतः अमेरिका जस्तो सम्पन्न मुलुकमा समेत विशेष लागत र प्रविधी लाग्ने निर्माण काम पुरा हुन केही लामै समय लाग्ने रहेछ भने नेपाल जस्तो देशमा अवश्य सबै सांस्कृतिक धरोहर बन्न समय लाग्छ नै । तापनि तत्काल भूकम्प पीडीत बस्तीमा अत्यावश्यक वस्तु र सेवा पु-याउन र घर, विद्यालय, स्वास्थ्य चौकी निर्माणलगायतका कामको यथाशीघ्र थालनी हुनुपर्दछ । सरकार र सम्बन्धीत निकायले भाषणलाई भन्दा कामलाई प्राथमिकता दिनु पर्दछ । साथै यस्ता ऐतिहासिक धरोहर बनाउन पनि आवश्यक कदम योजनाबद्धरुपमा थालिनु पर्छ । त्यस्तै अन्तर्राष्ट्रियस्तरबाट प्राप्त हुने सहयोगको रकम समयमै संकलन गरी त्यसको सही सदुपयोग गरि दाता राष्ट्र र निकायलाई विस्वास दिलाउनु पर्दछ । शेष घलेलगायतले गैरआवासी नेपालीमार्फत् भूकम्प प्रभावितका लागी घर र भवन निर्माण गरि दिने घोषणानुसार उचित स्थान छनोट र व्यवस्था गरि दिएर उनीहरुलाई काम थालनी गर्ने उचित वातावरण प्रदान छिट्टै नै सरकारले गरिदिनु पर्दछ । यसो हुन सकेमा मात्र भूकम्पले विच्छिप्त पारेको मनमा मलम लाग्न सक्नेछ ।
– बाल्टिमोर, मेरिल्याण्ड, अमेरिका















प्रतिक्रिया