१५ कार्तिक २०८३, आइतबार

वीर अस्पतालमा एमआरआई सेवा सुरु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

BIr Hospital (2)

काठमाडौँ, ५ चैत । निजी अस्पतालमा महँगो मूल्यमा एमआरआई गराउँदै आएका नेपालीले अब सस्तोमै वीर अस्पतालमा एमआरआई सेवा प्राप्त गर्नेभएका छन् । रु आठ करोड ६१ लाखको लगानीमा अस्पतालले सेवा सुरु गरेको हो ।

स्वास्थ्यमन्त्री रामजनम चौधरीले आज एमआरआई सेवाको उद्घाटन गर्दै वीर अस्पताललाई सबै सेवा सुविधा सम्पन्न बनाउन कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो– ‘‘वीर अस्पताललाई केन्द्रीय अस्पतालका रुपमा विकास गर्न आधुनिक प्रविधिका भवन बनाउने काम भइरहेको छ, यसलाई गरिब जनताको मात्र नभई सबैको भरोसाको अस्पताल बनाउन कुनै कसर बाँकी राखिने छैन ।’’ मन्त्री चौधरीले सबैखाले रोगको एक थलोमा उपचार पाउने वातावरण वीर अस्पतालमा गराउन आफू लागिपरेको उल्लेख गर्नुभयो ।

BIr Hospital (5)

वीर अस्पतालका निर्देशक डा स्वयम्प्रसाद पण्डितले एमआरआई सेवा सुरु भएपछि अब बिरामीले चर्को मूल्य तिर्नु नपर्ने बताउनुभयो । उहाँले भन्नुभयो – ‘‘बाहिर एमआरआई गर्दा १२ हजारबाट माथि पर्छ, अब वीरमा भने कम्तीमा रु सात हजारमै एमआरआई सेवा उपलब्ध छ ।’’

नेपालको १२७ वर्षको इतिहास बोकेको वीर अस्पतालमा एमआरआई सेवा सुरु भएपछि सबैखाले रोगको उपचार सम्भव भएको अर्थोपेडिक तथा ट्रमा सर्जरी विभागका प्रमुख प्रा डा श्रीकृष्ण गिरीले बताउनुभयो । उहाँले यो सेवा सुरु भएपछि रेडियसनबाट हुने खतरा पनि नहुने जानकारी दिनुभयो ।

उद्घाटनपछि मन्त्री चौधरीले वीर अस्पतालका अन्य उपकरण स्पेसल एक्सरे, सिटी स्क्यान, इमर्जेन्सी सेवालगायतको पनि निरीक्षण गर्नुभएको थियो । रासस