१५ कार्तिक २०८३, आइतबार

महिलाले नारायणी पुलबाट हाम फालिन्

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

narayani_river_3_646163136

चितवन, ५ चैत । चितवनको नारायणगढ र नवलपरासीको गैँडाकोट जोड्ने नारायणीको पुलबाट नदीमा हाम फालेर आज बिहान एक महिला बेपत्ता भएकी छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार बेपत्ता हुनेमा कास्कीको दाङ्सिङ गाविस वडा नं ९ बस्ने ४८ वर्षीया देशकुमारी शेर्पा रहेकी छन् ।

उनी हाम फालेको स्थानमा भेटिएको झोलाका आधारमा उनको परिचय खुलेको हो । बिहान ८ बजेर १५ मिनेट जाँदा उनी नदीमा हाम फालेको प्रहरीले जनाएको छ । उनको सोही समयबाट वडा प्रहरी कार्यालय नारायणगढ र इलाका प्रहरी कार्यालय गैँडाकोटले खोजीकार्य जारी राखेको जनाएको छ । हाम फाल्नुको कारण नखुलेको प्रहरीले जनाएको छ । रासस