१५ कार्तिक २०८३, आइतबार

प्रधानमन्त्रीलाई खुल्लापत्रः चीनसंग महत्वपूर्ण सम्झौता गरे देशकै लागि घातक हुनेछ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bikash-Thakur-427x600प्रधानमन्त्री केपी शर्मा ओली ज्यू,

भारत हाम्रो एक असल छिमेकी हो । हर सुख दुखमा भारतले हामीलाई साथ दिएको छ । सदियौ देखी नेपालको विकासको लागि भारतले सहयोग गर्दै आएको छ । हरेक समयमा भारतले नै हामीलाई उचित सल्लाह दिएको छ ।

हुनसक्छ, कुनै समयमा भारतले राम्रो गर्न चाहदा चाहदै पनि गल्ती भएको होला । तर भारतले कहिल्यै नेपालको अहित चाहेको छैन । भारतले हरसमय नेपालमा शान्ति स्थायित्व र विकास चाहेको छ ।

विगत केही दिन देखी चिसिएको नेपाल–भारत समबन्ध सुधार्ने गर्ने तर्फ ध्यान केन्द्रित गरिनु नै हाम्रो भविष्यको लागि राम्रो हुनेछ । भारतलाई चिढाएर चाईनासंग कुनै महत्वपुर्ण सम्झौता गर्नु सम्पुर्ण देशकै लागि घातक हुन सक्छ । राष्ट्रिय हित विपरीत एवम् नेपाल भारत समबन्ध विग्रिने कुनै पनि सम्झौता चीनमा नगर्दा नै बेस हुन्छ ।

चीनले हामीलाई हरेक समयमा धोका मात्रै दिएको छ, चीनले कहिल्यै पनि नेपालको हित सोचेकै छैन ।

अर्को तर्फ जहासम्म मलाई लागेको छ, चीनले नेपालको लागि भारतसंग समबन्ध बिगार्नै सक्दैन । चीनले हामीलाई लोभ्याउने काम मात्र गर्छ, हाम्रो हितको लागि केही गर्दैन ।

तसर्थ, चीन भ्रमणको क्रममा कुनै महत्वपूर्ण सम्झौता नगर्न म हजुरलाई आग्रह गर्दछु ।

विकास ठाकुर
अध्यक्ष
हिन्दू युवा जनशक्ति संघ नेपाल ।