काठमाडौं, ५ चैत । काठमाडौंको थानकोट–दहचोक सडकखण्डमा बस चालकको लापरवाहीले एक किशोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा दहचोककी १७ वर्षीया मञ्जु जिमी छिन् ।
मञ्जु बुवा बुद्धिनारायणसँगै बसमा थिइन् । बुद्धिनारायणले बा २ ख ३५११ नम्बरको बसलाई ओरालोमा गियर लगाएर रोकेर बाहिर निस्किएका थिए ।
एकछिनपछि बस एक्कासि गुड्न थाल्यो । बुवालाई नदेखेपछि मञ्जु अत्तालिएर बसबाट हाम फालिन् । उनलाई बसले च्याप्यो र घाइते भइन् ।
घाइते मञ्जुको सहिद मेमोरियल अस्पताल कलंकीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीले बुद्धिनारायणलाई नियन्त्रणमा लिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












प्रतिक्रिया