– ललित केसी
अछाम, ५ चैत । अछाम जिल्लाको सदरमुकाम मंगलसेनमा आज बिहान तुर्माखाँद कटेजबाट रतुवा मृग बरामद भएको छ ।
मंगसेन बजारसंग जोडिएको पालेवन सामुदायिक वनबाट आएको मृग उक्त कटेजमा प्रवेश गरेपछि जिल्ला वन कार्यलयका कर्मचारीहरुले उद्धार गरी कार्यालयमा ल्याएका छन् ।
वनबाट कुकुरले लखेटेरका कारण सामान्य घाइते अवस्थामा रहेको मृग कुकुरबाट वच्न कटेजभित्र प्रवेश गरेको थियो ।
जिल्ला वन कार्यालयमा राखिएको मृगको उचारपछि स्वास्थ्य अवस्था हेरेर पशु चिकित्सकको सल्लाह बमोजिम वनमा छोडिने जिल्ला वन कार्यालयका सहायक वन अधिकृत भक्तराज गिरीले जानकारी दिनुभएको छ । सहायक वन अधिकृत गिरीका अनुसार उक्त मृग करिव ३÷४ वर्षको हुन सक्ने वताउनु भएको छ ।












प्रतिक्रिया