१ कार्तिक २०८३, शनिबार

सुकी अध्यक्षमा नियुक्त

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sukiयाङ्गोन, ५ चैत । म्यानमार प्रतिनिधि सभा अर्थात तल्लो सदनले संसदीय मामिला विकास संयुक्त समन्वय समितिका अध्यक्षमा आङ सान सुकीलाई नियुक्त गरेको छ ।

म्यानमारको सत्ताधारी दल नेशनल लिग फर डेमोक्र्यासीले बिहीबार सो जानकारी दिएको छ । सो समितिमा अन्य आठ जना सदस्य रहेका छन् ।

म्यानमारका नवनियुक्त राष्ट्रपति टिन च्योले बिहीबारबाट सरकार निर्माणको तयारी थाल्नुभएको छ ।

उहाँ आगामी पाँच वर्षका लागि म्यानमारको राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो । म्यानमारमा दशकौँपछि पहिलो पटक नागरिक राष्ट्रपति निर्वाचित हुनुभएको हो । यसअघि त्यहाँ लामो समयदेखि नै सैनिक सरकार रही आएको थियो ।

त्यहाँको संविधानले सुकीलाई भने राष्ट्रपति हुनबाट वञ्चित गरेको छ । यद्यपि यसअघि उक्त संविधानमा संशोधन गरी सुकी नै राष्ट्रपति उठ्ने विषयमा सैनिक सहयोगको वर्तमान सरकारसँग वार्ता पनि भएको थियो ।

तर त्यो सम्भव नभएपछि गत मङ्गलबार राष्ट्रपति पदको लागी निर्वाचन भएको र सुकीको निकतम सहयोगी टिन च्यो नयाँ राष्ट्रपतिमा निर्वाचित हुनु भएको थियो । एपी