७ कार्तिक २०८३, शनिबार

भारतले तेल नदिएपछि निगमले यसरी दियो कडा जवाफ

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

IOC Indian Oil Corporatationकाठमाडौं, ५ चैत । नेपाल आयल निगमले भारतबाट पेट्रोलियम पदार्थ आयात गर्न बनाउन लागिएको पाइपलाइन निर्माण कार्य तत्कालका लागि स्थगित गरेको छ ।

निगमले भारतबाट पहिलेकै अवस्थामा मागअनुसार नियमित रूपमा इन्धन आपूर्ति नहुँदासम्म पाइपलाइन निर्माण कार्य अघि नबढाउने जनाएको समाचार अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।

निगमका कार्यकारी निर्देशक गोपाल खड्काले नाकाबन्दी खुलेपछि निगमको मागअनुार सहज र नियमित रुपमा इन्डियन आयल कर्पोरेसन (आईओसी)ले इन्धन उपलब्ध नगराएकाले तत्कालका लागि पाइपलाइनको योजनालाई प्राथमिकतामा नराखिएको बताए ।

‘हामीले भारतीय समकक्षीसँग पहिले नेपालको मागअनुसार इन्धन उपलब्ध गराऊ भनेका छौं’, व्यवस्थापिका संसद्को उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले बिहीबार डाकेको बैठकमा खड्काले भने, ‘हाम्रो मागअनुसार इन्धन आपूर्ति भएर विश्वस्त हुने भरपर्दो आधार भेटियो भनेमात्रै पाइपलाइनको प्रक्रिया हाम्रो पक्षबाट अगाडि बढाइने भारतीय पक्षलाई जानकारी गराएको छु।’