
काठमाडौं, ४ चैत । नेकपा (एमाले)को भातृ संगठन अनेरास्ववियुले राजधानीमा कालोबजारी र माफियाकरणविरुद्ध १ हप्ते अखिल अभियान गरेको छ ।
सोही कार्यक्रम अनुसार बिहीबार अनेरास्ववियुले ताहाचल, कालीमाटी, डल्लु, स्वयम्भुलगायतका स्थानमा जुलुससहित बजार अनुगमन गरेको छ । ती क्षेत्रका हरेक पसल–पसलमा पुगेर मूल्यसूची अनुसार खाद्यान्न र अन्य सामग्री बेच्न आग्रह गरेको छ ।
अभियानअन्तर्गत अनेरास्ववियुका सचिवालय सदस्य सुदर्शन सिवाकोटीको नेतृत्वमो खटिएको टोलीले व्यापारीहरुले मूल्यसूचीको वेस्वास्था गरेर उपभोक्ता ठगेको जानकारी दिन सर्वसाधारणलाई उर्दी जारी गरेको थियो ।
‘माफिया र कालोबजारी गर्नेको पहिचान गरी हामी कारबाहीको लागि सरकारलाई बुझाउँछौँ,’ सिवाकोटीले भने, ‘त्यस्ता कालोबजारी गर्नेहरुलाई अनेरास्ववियुले जानकारी पाउने वित्तिकै प्रहरीको सहयोगमा पक्रउ गर्ने छ ।’
अनेरास्ववियुले नेपाल आयल निगमले अख्तियार दुरुपयोग गर्दै सस्थागत भ्रष्टाचार गरी बिराट पेट्रोलियम कम्पनीसँग गरेको तेल खरिद सम्झौताविरुद्ध बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा दायर गरिसकेको छ ।












प्रतिक्रिया