१५ कार्तिक २०८३, आइतबार

युरोपको सर्बोच्च शिखरमा संजयले नयाँ वर्ष मनाउने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

a - Copy

काठमाडौं, ४ चैत । कृतिमानी बिस्व आरोही तथा धाबक संजय पण्डित यूरोपको सर्बोच्च शिखर एल्ब्रुस आरोहण गर्ने घोषणा गरेका छन् ।

सन् २०१४ मा एल्ब्रुसको टाकुरामा ६ मि ०३ से अर्धनग्न भएर कृतिमान कायम गरेका पण्डितले बिहिबार फेरि एल्ब्रुस आरोहण गर्ने घोषणा गरेका छन् ।

पण्डितले बिश्वको सर्बोच्च सिखर सगरमाथा, प्राण घातक हिमाल भनेर चिनिने मनास्लु, अस्ट्रेलिया सर्बोच्च शिखर कोजीयस्को, फुजी जस्ता विश्वका चर्चित हिमालको कृतिमानी आरोहण गरिसकेका छन् । पण्डितले सन् २०१४ मा अस्ट्रेलियाको सर्बोच्च सिखर कोजीयस्को र सन् २०१५ अफ्रीकाको किलिमन्जारो हिमाल उल्टो हिडेर सफल आरोहण सम्पन्न गरिसकेका छन् ।

सात महादेशका सात सर्बोच्च सिखर आरोहणको तयारीमा रहेका पण्डितको अन्तिम गन्तब्य अन्ट्राटिकाको विन्सन मशिफ रहेको छ ।

पण्डित रसियास्थित एल्ब्रुस चैत्र महिनाको तेस्रो हप्ता प्रस्थान गर्दै छन् । नयाँ वर्ष २०७३ बैशाख १ गते एल्ब्रुसको टाकुरामा मनाउने छन् ्रसंजय नेपालकै पहिलो उल्टो हिडेर हिमाल आरोहण गर्ने बिश्व पर्वतारोही हुन् ।

पण्डितले नेपाली दौरा सुरुबाल, भादगाउले टोपी लगाएर शिखर चढ्नेछन् । वैशाख १२ गते गएको महाभूकम्पमा ज्यान गुमाएका दसौ हजार नेपालीहरु सम्झनामा उनले यो आरोहण समर्पित गर्नेछन् ।