१५ कार्तिक २०८३, आइतबार

खेतमा भेटियो युवकको शव

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bara_districtकलैया, ४ चैत । कलैया नगरपालिका–१ स्थित खेतमा आज बिहान एक युवकको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

स्थानीय गाउँले बिहान शौच गर्न खेततर्फ गएको अवस्थामा सो शव देखेको र प्रहरीलाई जानकारी गराएपछि प्रहरी टोली घटनास्थलमा पुगी घटनाबारे अनुसन्धान गर्दा युवकलाई कुटपिट गरी घाँटी थिची हत्या गरेको अनुमान गरिएको प्रहरीले जानकारी गराएको छ ।

मृतक कलैया–६ बस्ने जयनारायणप्रसाद साहका छोरा २६ वर्षीय सन्तोषकुमार साह कलवार रहेको प्रहरी उपरीक्षक नरेन्द्र उप्रेतीले बताउनु भयो ।
घटनाको बारेमा प्रहरीले छानबिन सुरु गरेको छ । रासस