७ कार्तिक २०८३, शनिबार

पारसको स्वास्थ्यमा समस्या, उपचारका लागि दिल्लीमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Paras-khakdaकाठमाडौं, ४ चैत । नेपाली राष्ट्रि क्रिकेट टोलीका कप्तान पारस खड्का उपचारका लागि सोमबार भारतको दिल्ली गएको प्रशिक्षक जगत टमटाले बताएका छन् ।

दुई साता अघि आन्द्रामा समस्या देखिएपछि पारस नर्भिक अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका थिए । ५ दिनपछि उनी अस्पतालबाट डिस्चार्ज भएका थिए । थप उपचारका लागि उनी भारत गएका हुन् ।

टमाटाका अनुसार पारसले शनिबार काठमाडौं फर्कने जनाएका छन् । कीर्तिपुर मैदानमा चलिरहेको छनोट प्रतियोगितामा पारसको अनुपस्थितिमा टिम ‘ए’ को कप्तानी मन्जित श्रेष्ठले गरेका छन् । कान्तिपुर दैनिकमा खबर छ ।