१५ कार्तिक २०८३, आइतबार

सबै दल एकजुट हुनुपर्नेमा पूर्वराष्ट्रपति यादवको जोड

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rambaran-Yadav

उर्लाबारी (मोरङ), ४ चैत । पूर्वराष्ट्रपति डा रामवरण यादवले राजनीतिक गतिरोध अन्त्यका लागि सबै दल एकजुट हुनुपर्नेमा जोड दिनुभएको छ ।

मोरङको विराटनगर विमानस्थलमा आज बिहान पत्रकारसँग कुराकानी गर्दै यादवले मुख्य ठूला दल एकजुट नभई राजनीतिक गतिरोध अन्त्य नहुनेसमेत बताउनुभयो । पूर्वराष्ट्रपति यादवले लोकतान्त्रिक विधिबाट जारी भएको संविधानलाई नै आधार मानेर मुलुकलाई निकास दिनुपर्ने बताउनुभयो ।

उहाँले संविधान कार्यान्वयन, नयाँ ऐन कानुन निर्माणका लागि सत्तारूढ दल, काँग्रेस तथा मधेसवादी दल एक ठाउँमा हुनुपर्नेमा जोड दिनुभयो । विराटनगरको न्यू सृष्टि दैनिक पत्रिकाको पाँचौँ वार्षिकोत्सव कार्यक्रमको प्रमुख अतिथिका रुपमा पूर्वराष्ट्रपति यादव विराटनगर आउनुभएको हो । रासस