१५ कार्तिक २०८३, आइतबार

दिपायल सिलगढी नगरपालिकामा महिलाको यस्तो उपद्रो (फोटो फिचर)

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Doti-Napa

– झलक पाली
डोटी, ३ चैत । डोटीको दिपायल सिलगढी नगरपालीका १ मा रहेको चिसापानी सामुदायिक वन र पालेवन सामुदायिक वन क्षेत्रमा फोहोर तथा शिशाजन्य पदार्थ फालेको भन्दै ती वनका उपभोक्ता महिलाहरुले मंगलबार फोहोर उठाएर नपाको कार्यालयभित्र फालिदिएका छन् ।

आफुले उपभोग गर्ने वन क्षेत्र नजिकै ७/८ वर्ष पहिले नै ल्याण्डफिल साईडका लागि नगरपालीकाले जग्गा खरिद गरेको भए पनि हालसम्म त्यसको व्यवस्थापन नगरी वन क्षेत्रमा फालेको विषयमा बारम्बार जानकारी गराउँदा समेत नटेरेपछि कार्यालयभित्र फोहोर लगेर फालेको उनिहरुले बताएका छन् ।

Doti-Napa-1

महिलाहरुले नगरपालीकाका कार्यकारी अधिकृतको कार्यसम्पादन गर्ने टेबलमै फुटेका सिसा र फोहोर फालेका छन् भने अन्य विभिन्न फाँटमा जहाँतहिँ फोहोर फालिदिएका छन् ।

वनमा जथाभावी फालिएको सिसाका कारण ६ जना महिला घाईते भईसकेको र वन क्षेत्रमा सिसाजन्य पदार्थ र फोहोर नफाल्न नगरपालीकालाई आग्रह गर्दा पनि यो क्रम नरोकिएपछि महिलाहरु आक्रोशित भएर फोहोर नगरपालीकाभित्र फाल्न बाध्य भएको सामुदायिक वनका सल्लाहकार संयोजक मञ्जु मलासीले बताईन् ।

Doti-Napa-2

नगरपालीकाले फोहोर व्यवस्थापन सहि ढङ्गले नगरेर आफुहरुको सामुदायिक वनमा फुटेका सिसा, प्लाष्टिक सहितको फोहोर फालेको र त्यसको प्रत्यक्ष असर त्यहाँका महिलाहरुलाई परेको चिसापानी महिला सामुदायिक वनका उपाध्यक्ष बसन्ती खत्रीले बताईन् ।

वनमा जाँदा सिसाले हात काटिएको देखाउँदै शारदा बोहराले भनिन्–‘मसँगै अरु महिलाका पनि हातखुट्टा काटिएका छन्, हाम्रो सामुदायिक वनमा किन फोहोर फालिन्छ ?’

त्यस्तै अर्का महिला बासु नेपालीले गत माघ महिनामा वनमा गएको बेला शिसाका बोतलमा खुट्टा टेकिएर लड्दा हातै भाँचिएको सुनाईन् ।

नगरपालीकाका कोठा–कोठामा महिलाहरुले फोहोर फाल्ने बेला सेवाग्राहीका रुपमा कार्यकारी अधिकृतकै कक्षमा रहेका प्रत्यक्षदर्शी नेपाली काँग्रेसका पूर्वसमिति सदस्य नर बहादुर ढाँटले नगरपालीकाले आफ्नो दायित्व पूरा गर्न नसकेका कारण यस्तो परिस्थिती निम्तिएको बताए । नगरपालीकाले आवश्यक पूर्वाधार निर्माण, फोहोरको उचित व्यवस्थापन लगाएतका दायित्व, काम, कर्तव्य पूरा गर्न नसकेकाले महिलाको सानै समूहले गरेको स्वभाविक दवाव सिर्जना गरेको उनले बताए । समयमै नगरपालीकाले आफ्नो भूमिका निर्वाह गर्न नसके अझ ठूलो भिड आएर ठूला घटना निम्तिन सक्ने पनि बताए ।

Doti-Napa-3

महिलाहरुले बिना जानकारी एक्कासी नगरपालीकामा फोहोर फालेर गलत काम गरेको भन्दै यो काम असभ्यताको पराकाष्ठा भएको नगरपालीकाका सामाजिक विकास अधिकृत रमेशचन्द्र जोशीले बताए ।

विरोध र आन्दोलनका चरणहरु हुने भएकाले उपद्र तवरले महिलाहरुले नगरपालीकामा फोहोर फाल्नु गलत भएको नगर शासन विज्ञ अर्जुन विश्वकर्माले बताए ।

घटना लगत्तै नगरपालीकाका कर्मचारीहरु कार्यकारी अधिकृत राज बहादुर शाही लगाएत ९ जनाको हस्ताक्षरमा कार्यालयमा काम गर्ने वातावरण नभएको भन्दै अनिश्चितकालका लागि कार्यालय बन्द गर्ने एक विज्ञप्ती जारी गरेको छ ।

घटना लगत्तै जिल्ला प्रशासन कार्यालयमा प्रमूख जिल्ला अधिकारी केशवप्रसाद आचार्यसहितको उपस्थितीमा भएको सर्वपक्षिय बैठकमा समेत कुनै सहमती हुन सकेन ।

त्यसलगत्तै मंगलबार नै प्रमूख जिल्ला अधिकारी सहित सर्वपक्षिय टोलीले सामुदायिक वन क्षेत्रमा फोहोरको अवस्थाबारे स्थलगत निरिक्षण गरेको छ । यद्यपी औपचरिक कुनै सहमती भने भएन ।

नगरपालीकाले नगरको फोहोर व्यवस्थापनका लागि सक्दो पहल गरिरहेको र प्रयास हुँदाहुँदै महिलाहरुले समस्या सिर्जना गर्दा विज्ञप्तीमार्फत अनिश्चितकालका लागि कार्यालय बन्द भनिएता पनि बुधबारबाट कार्यालय सञ्चालन गर्ने नगरपालीका श्रोतले जनाएको छ ।

यसैबिच नगरपालीकामा महिलाहरुले फोहोर फाल्दा आफु सामुदायिक वनको उपभोक्ताका हैसियतले सहभागि भएको भए पनि बाहिर राजनीतिक प्रतिशोधले गरिएको टिकाटिप्पणीप्रति नेकपा एमाले डोटीका उप–सचिव समेत रहेकी मञ्जु मलासीले दुःख व्यक्त गरेकी छन् । सामूहिक रुपमा महिलाहरुले गरेको विरोधमा आफु सहभागि हुँदा राजनीतिक रुपले आफुमाथि भएका टिकाटिप्पणी गलत भएको उनले बताईन् ।

दिपायल सिलगढी नगरपालीका वास्तवमै अराजकताको थलो बनेकोमा भने दुई मत छैन ।

नगरपरिषदले गरेको निर्णय समेत नगरपालीका स्तरीय राजनीतिक संयन्त्रबाट उल्ट्याईनु, कार्यालय प्रमूख र कर्मचारीको कार्यालयमा न्यून उपस्थिती, कार्यालयभित्रै सुर्तीजन्य पदार्थको चरम प्रयोग, नगरपालीकाका सवारी साधनको दुरुपयोग, बिना सूचना प्रकाशन कर्मचारी भर्ना, प्रक्रिया पु¥याउन पत्रपत्रिका प्रकाशन लगाएतका थुप्रै अराजकता नगरपालीकाभित्र रहेका छन् ।