
काठमाडौं, ३ चैत । नेपाली सेनाको जागिर छाडेर एक जना पूर्वसैनिक चोरी पेसामा लागेका छन् ।
९ वर्ष नेपाली सेनामा जागिर खाएका ३० वर्षीय रमेश थापाले चोरी पेसा अपनाएर लाखौं चोरी गरेका हुन् । उनलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले पक्राउ गरी बुधबार सार्वजनिक गरेको छ ।
हाल युरोपियन सेक्युरीटी सभिर्स प्रालिमा सेक्युरिटी गार्डमा कार्यरत थापाले आफ्नै कार्यालयबाट फागुन १० गते झण्डै ४५ लाख चोरी गरेका थिए ।
यस्तो छ घटना विवरणः
मिति २०७२।११।१० गते बिहान ७ बजेको समयमा का.जि. का.म.न.पा. वडा न ७ चावहिल स्थित ग्लोबल डिजिटल प्रा.लि.को कार्यलयवाट सोही कार्यालयमा कार्यरत युरोपियन सेक्युरीटी सभिर्स प्रा.लि.का सुरक्षा गार्ड जिल्ला भक्तपुर मञ्जुश्री न.पा. वडा नं. १ घर भई हाल जिल्ला ललितपुर गोदावरी बस्ने वर्ष ३० को पूर्व सैनिक (९ वर्ष नेपाली सेना सेवारत रहि छाडेको) रमेश थापाले उक्त कार्यालयमा कोही नभएको मौका पारी नगद, ल्यापटप, मोबाईल, कम्प्युटर लगायतका विभिन्न धनमाल समेत गरी अन्दाजी रु.४४,९१,२००।– बराबरको धनमाल चोरी गरी फरार भएकोमा निजको खोजतलास गर्ने क्रममा यस महाशाखावाट खटिएको प्रहरी टोलीले निजलाई मिति २०७२।१२।०२ गते कंलकीवाट चोरी गरी लगेका सामान सहित पक्राउ गरी आवश्यक कानुनी कारबाहीको लागी महानगरीय प्रहरी परिसर काठमाण्डौ पठाईएको । सो सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको छ ।
बरामद भएका सामानहरु :-
१.Dell कम्पनीको मनिटर थान १
२.LG कम्पनीको मनिटर थान
३.Apple कम्पनीको ल्यापटप थान १
४.ऐ. को चार्जर थान १
५. HP कम्पनीको ल्यापटप थान २
६ .माईक्रो सफ्ट कम्पनीको सर्भिस प्रो थान १
७.DVD Drive थान १
८ .CD ब्याग थान १
९.Hard Drive थान १
१०.रमेश थापाको नामको ना.प्र. थान १
११. रमेश थापाको नामको युरोपियन सेक्युरीटी सभिर्स प्रा.लि. को परिचय पत्र थान १
१२.नोकिया मोबाईल थान १












प्रतिक्रिया