१५ कार्तिक २०८३, आइतबार

नेपालमा ७४ वटा मात्रै जेल, कैदी १८ हजार

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

jail

– नरेश केसी
भैरहवा, ३ चैत ३ । नेपालमा ७४ जेल रहेका छन् । ती जेलमा जम्मा १८ हजार कैदी रहेको कारागार व्यवस्थापन विभागका महानिर्देशक हिमनाथ दवाडीले जनाएका छन् ।

पश्चिमान्चल क्षेत्रका १६ जिल्लाका कारागार प्रमुख (जेलर)हरु सहभागी कारागार व्यवस्थापन सूचना प्रणाली कार्यन्वयन तथा बेरुजु संपरिक्षण गोष्ठीलाई सम्बोधन गर्दै महानिर्देशक दवाडीले नेपालमा अहिले ११ हजार कैदी र ७ हजार बन्दीगरी जम्मा १८ हजार जत्ति कैदी बन्दी रहेको बताए । उनले भने “देशभरका ७२ जिल्लामा रहेका ७४ कारागारहरुमा बन्दी रहेका छन् ।” नेपालको भक्तपुर र जनकपुरमा कारागार छैन । पोखरा, विराटनगर, भक्तपुरमा बालसुधार गृह रहेका छन् । महिला बन्दीको लागी अलग कारागार पनि रहेको सो अवसरमा जनाइएको थियो ।

यसैबीच कारागार व्यवस्थापन विभागले कैदीहरुको विस्तृत विवरण सहितको सूचना प्रणालीको सम्बन्धमा पश्चिम क्षेत्रका जेलरहरुलाई २ दिने प्रशिक्षण दिएको छ । १६ जिल्लाका जेलरहरु सहभागी उक्त गोष्ठीमा कैदीको विवरण इन्टरनेटमा अपडेट कसरी गर्ने र कसरी सूचना राख्ने भन्ने बारेमा जानकारी गराइएको थियो । सूचना प्रणालीको व्यवस्थापन संगै अब नेपालको कुन कारागारमा कति कैदी छन्, कुन मुद्धामा परेका छन् । कुन कैदी कहां छ ? उसको कैद भुक्तान हुन बाकी कति छ जस्ता विस्तृत विवरण फोटो सहित कारागार व्यवस्थापन विभाग र मन्त्रालयले तत्काल उपलब्ध गराउन सक्ने बताइएको थियो ।

कारागारमा आइटीको प्रयोग संगै अब हरेक जेलरले आफ्नो कारागारमा रहेको कैदीको बारेमा पुर्ण जानकारी सहित कम्युटरबाट जानकारी लिने र दिने व्यवस्था समेत मिलाइएको जनाइएको थियो । त्यसकोलागी हरेक कारागारको जेलरले एउटा पासवर्ड पाउने र त्यसो अपडेट विभाग र मन्त्रालयसंग जोडिने हुनाले जेलरको कार्यदक्षताको पनि तत्काल सेकेन्ड सेकेन्डमा अपडेट हुने समेत बताइएको थियो ।

सो कार्यक्रममा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद ढकाल, निर्देशक देवी प्रसाद सुवेदी, लुम्बिनी अन्चल प्रहरी प्रमुख एसएसपी शेर बहादुर केसी लगायतले बोल्दै सूचना प्रविधीको प्रयोगले कारागार व्यवस्थापनमा महत्वपुर्ण भूमिका खेल्ने जनाएका थिए ।