
सिन्धुली, ३ चैत । सिन्धुलीमा बसको छतबाट एक जनाको मृत्यु भएको छ ।
दुधौली नगरपालिका–५ स्थित सडकमा ना.३ ख २२५७ नम्बरको बसको छतमा सामान मिलाउने क्रममा बुधबार छतबाट खसेर गम्भीर घाइते भएका सोही बसका कन्डक्टर सिर्थौली–१ बस्ने २५ वर्षीय सुरज महतोको स्थानिय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
बस प्रहरीले नियन्त्रणमा लिएको छ भने चालक फरार रहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।
फरार बस चालकको खोजी गर्नुको साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।












प्रतिक्रिया