
भैरहवा, ३ चैत । साइग्लोबल कलेज भैरहवाले १२ औं दक्षिण एसियाली खेलकुदमा तेक्वान्दो तर्फ कास्य पदक बिजेता सुनिल पौडेल र त्रिभुवन विश्वविद्यालयले लिएको यस वर्षको विविएस तृतिय वर्षको परिक्षामा नेपाल तृतिय भएकी दिपीका थापालाई नगद र प्रमाणपत्रले सम्मान गरेको छ ।
कलेजले एक विद्यार्थिहरुको सम्मानमा भैरहवामा विशाल सम्मान रयाली समेत आयोजना गरेको थियो । रयालीमा विद्यार्थि, शिक्षकहरुको सहभागीता रहेको थियो । सम्मान रयाली भैरहवाको सेवापथबाट शुरु भई बैंकरोड, मिलनचौंक, प्रहरीटोल, नारायस्थान हुदै लुम्बिनीरोड स्थित साइग्लोबल स्कुलमा पुगी सम्मान समारोहमा परिणत भएको थियो ।
उक्त अवसरमा उत्कृष्ट खेलाडी छात्र पौडेल र छात्रा थापालाई नगद १५ हजार सहित प्रमाणपत्र र दोसल्लाले सम्मान गरिएको थियो । कलेज व्यवस्थापन समितीका अध्यक्ष शिव गुरुंगको अध्यक्षतामा सम्पन्न उक्त सम्मान समारोहमा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद ढकाल, उच्च माध्यमीक शिक्षा परिषद बुटवल शाखाका प्रमुख नोगेन्द्र खनाल, प्याब्सन रुपन्देही कार्यवाहक अध्यक्ष लेखनाथ पौडेल, कलेजका प्राचार्य शुसील ढकाल, कार्यक्रम संयोजक दिनेशमान अमात्य, प्याब्सन नेपालका केन्द्रिय सदस्य विष्णु पन्थि, कलेजका प्रबन्ध निर्देशक हरि बहादुर थापा लगायतले शुभकामना मन्तब्य राख्दै विद्यार्थिहरुको उत्कृष्टताको प्रशंसा गरेका थिए ।
सम्मान पाउंदा छात्र पौडेल र छात्रा थापका परिवार पनि समारोहमा उपस्थित थिए । आफ्ना छोरा छोरीले यसरी सम्मान पाउदां गर्वको अनुभव भएको उनीहरुले पत्रकार समक्ष बताए । उत्कृष्ट विद्यार्थिद्वयले आफ्नो सफलताको पछाडी कलेजका शिक्षक, कर्मचारी र साथिभाई संगै घरमा अबिभावको भूमीका अहंम भएको जनाएका थिए । सम्मानले आफुहरुलाई हौसला थपेको बताए । साइग्लोबल कलेज २०६५ सालमा स्थापना भएको हो । सोही कलेजका छात्रा अनिल सूर्यबंशीले एमविविएसको तर्फ १० औं स्थानमा नाम निकाली अहिले पुर्ण छात्रावृतिमा अध्ययन गरिरहेको कलेजले जनाएको छ ।













प्रतिक्रिया