१५ कार्तिक २०८३, आइतबार

सार्क स्थायी समितिको बैठक सुरु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

;fs{ :yfoL ;ldltsf] a}7s  blIf0f Pl;ofnL If]qLo ;xof]u ;ªu7g -;fs{_ sf] #& cf}F dlGqkl/ifb a}7ssf] k"j{;GWofdf a'waf/ ;fs{ :yfoL ;ldltsf] a}7ssf ;xefuLx? ;fd"lxs?kdf . tl:a/ M xl/ jf:tf]nf, kf]v/f, /f;;पोखरा, ३ चैत । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को ३७ औँ मन्त्रिपरिषद् बैठकको पूर्वसन्ध्यामा आज सार्क स्थायी समितिको बैठक यहाँ सुरु भएको छ ।

आठवटै सदस्य मुलुकका परराष्ट्र/बाह्य मामिला मन्त्रालयका सचिव सम्मिलित बैठकको अध्यक्षता नेपालका परराष्ट्र मन्त्रालयका सचिव शङ्करदाश वैरागीले गर्नुभएको छ ।

बैठकमा सार्क क्षेत्रको युवा बेरोजगार समस्या समाधान गर्ने विषय सम्बन्धी प्रस्ताव ‘युथ चार्टड’ लगायतका विषयमा छलफल गरिने जनाइएको छ ।

स्थायी समितिको ४२ औँ बैठकमा भाग लिन सदस्य राष्ट्रका परराष्ट्र/बाह्य मामिला मन्त्रालयका सचिव हिजो अपराह्न पोखरा आइपुग्नुभएको हो । रासस