पेसावर, ३ चैत । पाकिस्तानी उत्तरपश्चिमी सहर पेसावरमा एक यात्रुबाहक बसमा भएको बम हमलामा परी कम्तीमा पनि १६ जनाको मृत्यु भएको छ । आक्रमणमा परी अन्य २५ जना घाइते भएका छन् ।
सरकारी कर्मचारी चढेको बसमा एक्कासी विस्फोट भएको र त्यसपछि बसमा आगो लागेको प्रत्यक्षदर्शीको भनाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । बसभित्र बम विस्फोट भएपछि कतिपय नागरिक आतंकित भएर भित्रै बेहोस् भएको र त्यसपछि आगोमा परेर उनीहरुको मृत्यु भएको हो ।
बसमा अधिकांश सरकारी कर्मचारी चढेका थिए । उनीहरु सद्दार जिल्लाको बाटो भएर जाने क्रममा बस गुडिरहेका बेला बाटोमै विस्फोट भएको थियो । आक्रमणको जिम्मेवारी कसैले पनि लिएको छैन । सरकारी कर्मचारी चढेको थाहा पाएरै बसमा बम विस्फोट गराइएको हुनसक्ने आशंका अधिकारीहरुले गरेका छन् ।
पेसावर पाकिस्तानको एक समस्याग्रस्त सहर हो । त्यहाँ तालिवानहरुले बारम्बार यस्ता आक्रमणका घटना गराउने गरेका छन् । पाकिस्तानमा पछिल्लो समयमा त्यहाँका तालिवानहरुले सर्वसाधारणमाथि गर्ने गरेको आक्रमणलाई तिब्र पारेका छन् ।















प्रतिक्रिया