१५ कार्तिक २०८३, आइतबार

यौनधन्दामा संलग्न होटल सञ्चालकसहित पाँचजना रङ्गेहात पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sex-rocket-1
फाइल तस्वीर

सप्तरी, ३ चैत । अवैध यौनधन्दा गर्ने होटल सञ्चालकसहित पाँच जनालाई आज रङ्गेहात पक्राउ परेका छन् ।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कर्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले पूर्व–पश्चिम राजमार्गअन्तर्गत सीतापुर–२ स्थित न्यु युनिक होटेलमा यौनधन्दा गर्ने क्रममा दुई जना युवा र दुई जना युवतीलाई रङ्गेहात पक्राउ गरिएको प्रहरी निरीक्षक गौरव महतले बताउनुभयो ।

पक्राउ पर्नेमा होटलका सञ्चालक सिरहा लहान नगरपालिका–३ का ३२ वर्षीय विजयकुमार महतो, भारतको मधुवनी लौकाहा ग्राम पञ्चायत २ निवासी २२ वर्षीय सुनिलकुमार साह र सोही ठाउँका २० वर्षीय विनोदकुमार साह तथा दुई जना युवती रहेको प्रहरी निरीक्षक महतले जानकारी दिनुभयो ।

पक्राउ परेका पाँचै जनालाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालयमा राखिएको र उनीहरुविरुद्ध सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा चलाइने प्रहरीले बताइएको छ । रासस