
बाँके (खजुरा), ३ चैत । नेपालगन्जको एक होटलमा मंगलबार एक भारतीय नागरिक मृत अवस्थामा भेटिएका छन् ।
नेपालगन्जस्थित धम्बोझी नजिकै रहेको होटल सम्मानमा सोमबार राति बास बसेका अन्दाजी ४५/५० वर्षका भारतीय नागरिक जेआर सिंह मंगलबार बिहान मृत अवस्थामा भेटिएका प्रहरीले जनाएको छ ।
सिंह गनापुरस्थित एक कम्पनीका इन्जिनियर भएको जनाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक भीमकिरण बोगटीले बताउनुभयो ।
यसअघि पनि एक हप्ताअगाडि न्युरोडको कस्तुरी होटलमा बास बसेका एकजना बेलायती नागरिक मृत भेटिएका थिए । रासस












प्रतिक्रिया